मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

म्यानमारमा बाढीबाट दश लाख विस्थापित

म्यानमारमा बाढीबाट दश लाख विस्थापित


हिन्थादा (म्यानमार) । म्यानमारमा हालै आएको बाढीमा परी कम्तीमा पनि दश लाख नागरिक विस्थापित भएको समाचार छ । यस वर्षको मौसमी बाढीका कारण यहाँ ठूलो क्षति पुगेको छ ।
 
साथै सो बाढीमा परी कम्तीमा पनि एक सय जनाको मृत्यु भएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अरु कतिपय व्यक्ति हराइरहेका पनि समाचारमा जनाइएको छ ।
 
यस बाढीको प्रभाव राष्ट्रव्यापी रूपमा परेको र कम्तीमा पनि दश लाख व्यक्ति विस्थापित नै भएको बताइएको छ । बाढी प्रभावित इलाकाबाट लाखौं व्यक्ति प्रभावित भएका छन् । 
 
भीषण बाढीका कारण चार लाख ८६ हजार हेक्टर जमिन जलमग्न भएको र सोमध्ये चार लाख ३० हजार हेक्टर जमिन ध्वस्त भएको बताइएको छ । 
 
यस बाढीबाट ज्यान गुमाउनेहरूमा सबभन्दा बढी राखिन राज्यमा रहेका जनाइएको छ । त्यसैगरी मन्दालाय, साङगइ्ङग र सान राज्यका व्यक्तिहरूले पनि सो बाढीको प्रकोपबाट ज्यान गुमाएका छन ।  
 
म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । भारी मौसमी वर्षाका कारण भारत, पाकिस्तान र भियतनाममा बाढी र पहिरोबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । रासस/एएफपी