मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आत्मघाती आक्रमणमा दुई इराकी जर्नेलको मृत्यु

आत्मघाती आक्रमणमा दुई इराकी जर्नेलको मृत्यु


बग्दाद । इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहद्वारा दाबी गरिएको एक आत्मघाती आक्रमणमा परी दुई इराकी जर्नेलको मृत्यु भएको समाचार छ । इराकको अन्बार प्रान्तमा सो घटना भएको जनाइएको छ । 

 
सन् २०१४ मा इराकको ठूलो  क्षेत्र आईएस लडाकू समूहले अतिक्रमण गरेका थिए । त्यसैगरी रमादीको प्रान्तीय राजधानी अन्बार भने यसै वर्षको सुरुमा कब्जा गरेको थियो । 
 
 आइएस लडाकू समूहले छिमेकी राष्ट्र सिरियाको ठूलो भाग पनि आईएसले नियन्त्रणमा लिएको छ ।  सिरियामा रक्तपातपूर्ण गृहयुद्ध बढ्दै गएको अवस्था रहेको छ ।
 
सैनिक प्रवक्ता जर्नेल यहया रसोलले रमादीको उत्तरी भागमा रहेको अल जरैसीमा आत्मघाती आक्रमणकारी सो विस्फोट गराएको पुष्टि गरेका छन् । 
 
सो आक्रमणमा परी मेजर जर्नेल अब्दुलरहमान अबु राघिफ र जर्नेल सफिल अब्दुलमाजीद मारिएका रसौलले बताएका छन् ।  
 
आईएस आतङ्ककारी समूहले एक अनलाइनमार्फत विज्ञप्ति प्रकाशित गरी यस आक्रमणका दावी गरेका बताइएको छ ।  एएफपी