मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अलेपोमा २१ विद्रोही र नौ जना सैनिक मारिए

अलेपोमा २१ विद्रोही र नौ जना सैनिक मारिए


बेरुत । सिरियाली सहर अलेपोमा अवस्थित एक सुरक्षा जाँच चौकीमा त्यहाँका विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा पनि २१ जना विद्रोही मारिएका छन् ।
 
प्राप्त पछिल्लो समाचारअनुसार यसरी मारिनेमा २१ जना विद्रोही र नौ जना सैनिक पनि परेका छन् । अलेपोको सो सुरक्षा जाँच चौकीमा विद्रोहीले बिहीबार राति आक्रमण गरेका थिए । सो आक्रमणमा परी नौ जना सैनिक पनि मारिएका बताइएको छ ।
 
सो जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सल दिएको छ । सिरियाको उत्तरी क्षेत्रमा अवस्थित यस नगरमा विगत लामो समयदेखि विद्रोह जारी नै रहेको छ ।
 
उक्त अधिकारवादी संस्थाले मारिनेमा विद्रोहीका तीन जना कमाण्डर पनि परेका छन् । विद्रोहीले सो सैनिक पोष्टलाई घेराहाली आक्रमण थालेका थिए ।
 
तर सो आक्रमणलाई असफल भनी टिप्पणी गरेका छन् । सिरियाको सरकारी समाचार समिति सानाले अलेपोमा कयौँ विद्रोही मारिएको समाचार दिएको छ ।
 
उक्त नगरमा विगत लामो समयदेखि आईएसको पनि आक्रमण हुने गरेको छ । यस आक्रमणबाट कयौँ नागरिकको ज्यान गएको छ । रासस/एएफपी