बिश्व घटना

टेक्सासको ह्युस्टनमा एक नेपालीले आत्मरक्षाको क्रममा गोली चलाए

टेक्सासको ह्युस्टनमा एक नेपालीले आत्मरक्षाको क्रममा गोली चलाए


हिमालय खबर, टेक्सास I टेक्सासको साउथ ईस्ट ह्युस्टनस्तिथ अल्मेदा र जेनोवाको इन्टरसेक्सनमा रहेको अल्मेदा डिस्काउन्ट फुड स्टोरमा  काम गर्ने एक नेपाली किरण गिरिले आत्मरक्षाको क्रममा लुटेरालाई  गोली चलाउदा उक्त लुटेरा घाईते  भएको छन्  I 
 
१४ वर्ष देखि उक्त  स्टोरमा काम गर्दै आएका गिरीले आत्मरक्षाको लागि  गोली चलाउन बाध्य भएको बताए I ह्युस्टनमा चोरी डकैतिको घटना बढेकाले आत्मरक्षाकोलागि आफूले साथमा लाइसेन्स सहितको पेस्तोल राखेको बताए I "उक्त लुटेराले  अनुहारमा बन्दुक तेर्साएर पैसा मागेपछि आफू साथै रहेको पिस्तोल निकाली फाएर गर्न बाध्य भए" गिरिले बताए I 
 
 घाटीमा गोली लागि गम्भीर घाइते भएका लुटेरालाई ह्युस्टनको बेन टब अस्पतालमा उपचार भैरहेको छ I 
 
(यो  समाचार  स्थानीय च्यानल  Click2Houston को  आधारमा तयार पारिएको हो I) यो घटना एक बर्ष आगाडी ( अगष्ट २५,२०१४) मा भएको  हो I 
 
photo: click2houston