मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासको ह्युस्टनमा एक नेपालीले आत्मरक्षाको क्रममा गोली चलाए

टेक्सासको ह्युस्टनमा एक नेपालीले आत्मरक्षाको क्रममा गोली चलाए


हिमालय खबर, टेक्सास I टेक्सासको साउथ ईस्ट ह्युस्टनस्तिथ अल्मेदा र जेनोवाको इन्टरसेक्सनमा रहेको अल्मेदा डिस्काउन्ट फुड स्टोरमा  काम गर्ने एक नेपाली किरण गिरिले आत्मरक्षाको क्रममा लुटेरालाई  गोली चलाउदा उक्त लुटेरा घाईते  भएको छन्  I 
 
१४ वर्ष देखि उक्त  स्टोरमा काम गर्दै आएका गिरीले आत्मरक्षाको लागि  गोली चलाउन बाध्य भएको बताए I ह्युस्टनमा चोरी डकैतिको घटना बढेकाले आत्मरक्षाकोलागि आफूले साथमा लाइसेन्स सहितको पेस्तोल राखेको बताए I "उक्त लुटेराले  अनुहारमा बन्दुक तेर्साएर पैसा मागेपछि आफू साथै रहेको पिस्तोल निकाली फाएर गर्न बाध्य भए" गिरिले बताए I 
 
 घाटीमा गोली लागि गम्भीर घाइते भएका लुटेरालाई ह्युस्टनको बेन टब अस्पतालमा उपचार भैरहेको छ I 
 
(यो  समाचार  स्थानीय च्यानल  Click2Houston को  आधारमा तयार पारिएको हो I) यो घटना एक बर्ष आगाडी ( अगष्ट २५,२०१४) मा भएको  हो I 
 
photo: click2houston