मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युवा नेता ह्यारी भण्डारी र क्यालिफोर्नियाबासी नेपाली बीच अन्तरक्रिया

युवा नेता ह्यारी भण्डारी र क्यालिफोर्नियाबासी नेपाली बीच अन्तरक्रिया


क्यालिफोर्निया, अगस्ट २६ – एनआरएन क्यालिफोर्निया च्याप्टरले अमेरिकामा रहेका नेपालीहरुले अमेरिकामा गर्नु पर्ने कार्यहरुको बारेमा मेरिल्याण्ड राज्यमा स्टेट डेलिगेटको रुपमा प्रतिस्पर्धा गर्नु भएका नेपाली अमेरिकन ह्यारी भण्डारीसंग गत शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । भावीदिनमा कसरी अमेरिकी मूल प्रवाहको राजनीतिमा नेपालीहरुले सहभागिता जनाउन सक्छन, यसका अबसर चुनौती लगायतका बिषयमा भण्डारीले प्रस्ट्याउनु भएको थियो । आफ्नो कथा सुनाउदै भण्डारीले अमेरिकामा स्टोर एटेनडेन्टबाट आफ्नो यात्रा शुरु गर्दै रेस्टुराँ हुदै शिक्षण पेशाको साथमा डेमोक्रेटिक पार्टीको युवा विभागमा रहेर राजनीतिमा समेत सक्रिय रहेको बताउनु भयो । तपाई हामीले सपना देखेमा मात्र यस तर्फ अग्रसर हुईने हुँदा हाम्रा नानीहरुलाई अहिलेबाट नै सपना देख्न सिकाउनु पर्ने र हामीले समेत यस्मा लाग्नु पर्नेमा भण्डारीले जोड गर्नु भयो । अमेरिकामा प्रमुख रुपमा रहेका डेमोक्रेटिक वा रिपब्लिकन जुन पार्टी राम्रों लाग्छ सोहि पार्टीका स्थानीय स्तरमा हुने कार्यक्रममा भाग लिने र पार्टीका लोकल कमिटीमा बसेर सेवा गर्न शुरु गर्न पर्ने समेत उहाले बताउनु भयो ।
 
अमेरिकामा हामी नेपाली अमेरिकनहरुले एकले अर्कोलाई प्रतिस्पर्धीको रुपमा नहेरि सहयोगीको रुपमा हेर्नु पर्ने समेत भण्डारीले बताउनु भयो । प्रथम चरणको कार्यक्रम पश्चात दोस्रो चरणमा खुल्ला छलफल कार्यक्रमको आयोजना गरिएको थियो । छलफल कार्यक्रममा कसरी यहाको मूल प्रवाहाको राजनीतिमा प्रवेश गर्न सकिन्छ, यहाको राज्य संरचना कस्तो छ, पार्टीमा कसरि रजिस्टर्ड भोटरको रुपमा रहन सकिन्छ, नेपाली अमेरिकनको सामाजिकीकरण कसरि गर्ने र यो गर्न किन जरुरि छ भन्ने जस्ता कुराहरुमा प्रष्ट्याउन अनुरोध गरेका थिए । भण्डारीले आगामी दिनमा स्टेटमा पुन प्रतिस्पर्धा गर्ने विचार गरेको र सो को लागि यहाँहरु सबैको अपेछा गरेको समेत बताउनु भयो । 
 
कार्यक्रममा बाणिज्यदुत ऋषि ढकाल र एनआरएन आईसिसिका सदस्य राजेन्द्र सिवाकोटी अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । श्री पशुपतिनाथ फाउनडेशन युएसएका अध्यक्ष भक्त थापा, सचिव रामेश्वर भण्डारी र सदस्य डिल्लीराम थापा, नेपाली जनसम्पर्क समिति लस एन्जल्स च्याप्टरका अध्यक्ष मदन पाठक, प्रवासी मंच क्यालिफोर्निया राज्य कमिटिका अध्यक्ष बिजय कटुवाल र सचिव निरज भट्टराई, नेपाल अमेरिका एकता समाजको अध्यक्ष शारदा श्रेष्ठ, बौद्धिक संसार साहित्यिक प्रतिष्ठानका अध्यक्ष बलराम थापा, एनआरएन अमेरिका महिला समितिको सदस्य इन्दिरा त्रिपाठी, एनआरएन भाषा साहित्य समितिका सचिव पुरुषोतम ढकाल, अन्तरास्ट्रिय नेपाली साहित्य समाज, लस एन्जल्स च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल, एनआरएन अमेरिकाका पुर्व सल्लाहाकार कृष्ण कोइराला, लगायत अन्य संघ-संस्थाका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।
 
एनआरएन अमेरिकाको सह-सचिव संगीता लम्साल सिवाकोटीले स्वागत मन्तब्यदिनु भएको कार्यक्रम एनआरएन क्यालिफोर्निया च्याप्टरका सदस्य नबिन पोखरेलले संचालन गर्नु भएको थियो भने एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।