मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सास नेपाली समाजको अध्यक्षमा प्रत्यक्ष चुन्न पाउने (भिडियो सहित / फोटो फिचर )

टेक्सास नेपाली समाजको अध्यक्षमा प्रत्यक्ष चुन्न पाउने (भिडियो सहित / फोटो फिचर )


हिमालय खबर, टेक्सास I अमेरिकाको टेक्सास राज्य अमेरिका मै क्षेत्रफल का हिसाबले ठूलो मात्र हैन अहिले अमेरिकी कै 'फास्ट ग्रोविंग' राज्य मानिन्छ। त्यसमा पनि बिगत ४ -५ बर्ष यता टेक्सासमा नेपालीको संख्या झन्डै दोब्बरले बढेको अनुमान सहजै गर्न सकिन्छ। त्यसो त टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्रै ३० हजार भन्दा बढी नेपाली रहेको कुरा सामान्य हिसाबले अन्दाज गरिने गरिन्छ तथापी यसको सही वा भरपर्दो श्रोत भने पाइएको छैन।  
 
यसरी  नेपालीको द्रुत बृधि संगै यहाँ रहेको बिभिन्न नेपाली संघ संस्थाहरुको छाता तथा सबै भन्दा पहिलो नेपाली संस्था नेपाली समाज टेक्सास (NST) को 'भिजनरी नेतृत्व' को एकातिरको आबश्यकता अर्को तिर अप्रत्यक्ष चुनाब प्रणालीको तालमेल नमिलेको महसुस गरि सर्बसाधारणको जोडबल मै समाजले नेपाली समाज टेक्सास कै पूर्ब अध्यक्ष श्री गौरी राज जोशीको संयोजकत्वमा पूर्ब अध्यक्षहरु श्री बैकुण्ठ बिक्रम थापा तथा श्री रामचन्द्र पोखरेल सदस्य रहेको ३ सदस्यीय नेपाली समाज टेक्सासको दह्रो बिधान संसोधन कमिटि गठन गर्यो। 
 
जब बिधान संसोधन कमिटीले प्रस्तावित बिधान प्रस्तुत गर्यो, एउटा कम्पन छायो समाजमा। सर्बसाधारण ले चाहे जस्तो प्रत्यक्ष निर्वाचन प्रणाली। चुस्त १५ सदस्यीय कमिटि, सूचना प्रबिधि, युवा तथा महिला क्षेत्र का छुटै संयोजक अनि समग्रमा माझिएको बिधान। आवाजहरु निकै उठे, झन्डै ६ घण्टा बौद्धिक घम्सा घम्सी चल्यो अन्तत त केही परिमार्जन सहित बिधान पारित भयो। 
 
तीन पूर्ब अध्यक्षहरुले एउटा अर्को सामुहिक परीक्षा सहजै उत्कृष्टता पूर्बक उत्तीर्ण गरे। बिधान नै च्यातिने सम्मका हल्ला बजारमा न आएका होइनन तर कसैले होस् गुमाएन छलफलमा।  सहजता पूर्बक विधानको ब्याख्या गर्यो संसोधन कमिटीले। इतिहास रच्यो साधारण सभाले। सभा बाटै निर्वाचन कमिटि गठन भयो। कमिटीमा दुइ पूर्ब अध्यक्षहरु बैकुण्ठ थापा, डा प्रेम अधिकारी, पूर्ब उपाध्यक्ष निरज श्रेष्ठ, समाजसेवी भरत अर्याल तथा ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष महेन्द्र पौडेल  रहेको निर्वाचन कमिटि बन्यो। 
 
सदस्यता शुल्क २० डलर प्रति व्यक्ति दुइ बर्षका लागि तोकियो। चुनाबको तिथि मिति निर्वाचन कमिटीले नै टुंगो लगाउने भयो। बिधानत डिसेम्बर महिना भित्र चुनाब गराई सक्नु पर्ने छ। झन्डै २०० ले उपस्थिति जनाए। 
 
कार्यक्रम संस्थाका महासचिब विजयराज भट्टराई ले संचालन गर्नु भयो साथै गत २० महिनाको कार्य विवरण प्रस्तुत गर्नु भयो। अध्यक्ष भूवन आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष (प्रोग्राम) तारा भुषालले स्वागत, उपाध्यक्ष (अर्थ) बाल जोशीले आर्थिक विवरण, पूर्ब अध्यक्ष तथा भुकम्प आर्थिक ब्यबस्थापन कमिटी संयोजक बैकुण्ठ थापाले भुकम्पमा संस्थाले गरेको आर्थिक संकलन तथा खर्च विवरण प्रस्तुत गर्नु भयो। 
 
संस्थाको आय-व्यय हेर्दा यस कार्यकाल २०१४ मा अमेरिका डलर  ९३ हजार २९२  आर्थिक संकलन र ९६ हजार ४०० सय खर्च गरि झन्डै ४ हजार घाटा देखियो भने भुकम्प मा आर्थिक संकलन झन्डै दुई लाख पचार हजार ($२,५०,०००)  गरेको देखियो।
 
नेपाली समाज टेक्सासले कमिनिटी हाल निर्माणका लागि ८० हजार डलर पार्टी हल निर्माणमा खर्च गरेको कुरा फिनान्स भिपी बाल जोशीले हिमालय खबर लाई बताउनु भयो I
 
 हिमालय खबर नेपाली समाज टेक्सासको परिकल्पना अनुसारको नया सफल र सबल नेतृत्व पाओस समाजले भन्ने शुभकामना ब्यक्त गर्दछ। 
 
नेपाली समाज टेक्सास (NST) को ४ बर्ष पछि साधारण सभा कार्यक्रम अगष्ट २३, आइतबार दिउसो २ बजे देखि साँझ ८  बजे सम्म NST कार्यालय (2016 W. Grauwyler Rd, Irving, TX 75061) मा गरिएको थियो।