मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

तियानजिनमा मृत्युहुनेको सङ्ख्या १२९ पुग्यो

तियानजिनमा मृत्युहुनेको सङ्ख्या १२९ पुग्यो


तियानजिन (चीन), ८ भदौ – चीनको तियानजिन सहरमा गत अगस्त १२ मा एक गोदाम घरमा भएको भीषण विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२९ पुगेको छ ।
 
सो गोदाम घर विस्फोटनमा परी अझै ४४ जना व्यक्ति हराइरहेका छन् । उक्त दुर्घटनामा परी घाइते भएका कयौँ व्यक्तिको उपचार जारी रहेको छ ।
उत्तरी चीनको तियानजिन सहरमा भएको उक्त दुर्घटनाका घाइतेमध्ये कतिपय गम्भीर अवस्थामा रहेकाको निधन भइरहेको अधिकारीहरुले जनाएका छन् । गत शनिबारसम्ममा मृत्यु हुने १२३ जना पुगेका अधिकारीहरुले जानकारी दिएका थिए ।
 
तर सो विस्फोटन भएको भवन भग्नावशेषबाट उद्धारकर्ताहरुले थप ६ व्यक्तिको शव निकालेपछि सो सङ्ख्या १२९ पुगेको बताइएको छ ।
 
सो घटनामा ज्यान गुमाउनेहरुमा ७६ अग्नीनियन्त्रक, सात प्रहरी र ४६ अन्य व्यक्ति रहेका छन् । त्यसैगरी बेपत्ता हुनेहरुमा पनि २८ अग्नीनियन्त्रक, चार प्रहरी र १२ सर्वसाधारण रहेका जनाइएको छ ।
 
यस घटनामा परी घाइते भएका अझै पनि ६१० जना व्यक्ति अस्पतालमै उपचाररत रहेका जनाइएको छ । ती मध्ये ३९ जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ ।
 
घाइते भई अस्पतालमा भर्ना भएकाहरुमध्ये १८७ जना उपचारपछि घर फर्किएका जनााइएको छ ।
 
सो विस्फोटन भएको इलाकामा हजाराँै टन खतरायुक्त रासायनिक पदार्थ सङ्कलन गर्नको लागि चार हजार ४६० सशस्त्र प्रहरी अधिकृत तैनाथ गरिएको जनाइएको छ ।
 
विस्फोटन भएको सो इलाकामा त्यसपछिका केही दिनसम्म पनि अरु कयौँ विस्फोटन भइरहेको पनि जनाइएको थियो । रासस/सिन्ह्वा