मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बिहे बारेमा क्याट्रिना भन्छिन्–अहिले केही सोचेको छैन

बिहे बारेमा क्याट्रिना भन्छिन्–अहिले केही सोचेको छैन


क्याट्रिना कैफ र रणवीर कपुरको बिहेको चर्चा चलेको लामै समय भइसक्यो। उनीहरू हाल ‘लिभ इन रिलेसनसिप’ मा छन् तर, बिहे कहिले गर्ने भन्ने टुंगो दुवैले लगाइसकेका छैनन् ।
 
 हाल सैफ अली खानसँगको फिल्म ‘फ्यान्टम’ रिलिजको पर्खाईमा रहेकी क्याट्रिनाले बिहेको सम्बन्धमा भनेकी छिन्,‘अहिले तुरुन्त मैले बिहे गर्ने बारेमा केही सोचेकै छैन।’
 
बताइएअनुसार क्याट्रिना सम्बन्धमा औपचारिकता चाहन्थिन् तर, रणवीर तयार भएनन्। उनीहरु एकै घरमा सरेपछि रणवीरका पिता ऋषि कपुर पनि रिसाएको बताइन्छ।
 
क्याट्रिनाले फ्यान्टमको सुटिङमा छँदा यस्तै निजी कारणले तनाव भोग्नुपरेको तर, त्यही तनावले भूमिका बलियो भएको पनि बताएकी छिन्।
 
 उनले भनिन्,‘फ्यान्टममा मेरो र सैफको भूमिका भावनात्मक रुपले केही तनाव भएको देखाइनुपथ्र्यो। सुटिङकाबीच केही निजी उल्झनले गर्दा चरित्रमा अझ राम्रो असर पर्‍यो। मेरो निजी जीवनसँग मिल्न गएकाले भूमिका बलियो हुन गयो।’ उनले बताएअनुसार ती सबै तनावहरु हाल सकिएका छन्।
 
त्यस्तै, बिहेको प्रसंगलाई लिएर एक सञ्चारमाध्यमका अनुसार रणवीर र क्याट्रिना  गुपचुप बिहे गर्न चाहँदैनन्। इन्गेजमेन्टमै भव्य पार्टी दिने उनीहरुको विचार छ। – एजेन्सी
 

शेयर गर्नुहोस:

0
Shares