मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माडीका बाढीपीडित विद्यालयमा आश्रित

माडीका बाढीपीडित विद्यालयमा आश्रित


माडी । चितवनको माडीमा शुक्रबारको बाढीले चार घर बगाएको  परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले उनीहरूलाई खाने बस्नेको व्यवस्था गरेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । 
 
बाढीले भरतपुर माडी ठोरी सडकको विभिन्न क्षेत्र कटान गरेकाले शुक्रबार दिनभरि सवारी अवरुद्ध भएको थियो । साँझ भने बाटो मर्मत गरेर सञ्चालनमा ल्याइएको स्थानीयले बताएका छन् ।
 
हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको माडीमा यो वर्ष पनि बाढीले क्षति पु¥याएको हो । राति बाढी पसेको भए पनि भागेर परिवारले भने ज्यान जोगाएको स्थानीय श्रीप्रसाद दवाडीले बताए । यहाँको रतनी, पौवारी, सिमरा र धोवाहा गाउँ बढी प्रभावित भएको छ ।
 
चौध घर कटान र डुबानको उच्च जोखिममा रहेकाले केहीले घरसमेत सारेका छन् । यहाँको रिउ नदी सबैभन्दा प्रभावित पार्ने नदी हो । यस्तै पहाडी खहरे खोलाले पनि बस्ती जोखिममा पार्ने गर्छ ।