मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काउलेका भूकम्पपीडित २४ परिवारलाई घर हस्तान्तरण

काउलेका भूकम्पपीडित २४ परिवारलाई घर हस्तान्तरण


चितवन । चितवनको पहाडी गाविस काउलेका भूकम्पपीडित २४ घरपरिवारका लागि निर्माण गरिएको अस्थायी घर शनिबार हस्तान्तरण गरिएको छ ।
 
नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले निर्माण गरिदिएको अस्थायी घर चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्तापित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
 
काउले–४ गुछीबाङका भूकम्पबाट विस्थापित २४ परिवारलाई शक्तिखोर गाविसअन्र्तगत जुटपानी र शक्तिखोर गाविसको सीमानामा पर्ने  सरकारी जग्गामा अस्थायी घर निर्माण गरिएको थियो । 
 
संस्थाले ४० लाख रूपैयाँको लागतमा घर निर्माण गरेको फिल्ड सुपरभाईजर मञ्जु खाँडले बताइन् । जीविकोपार्जनको लागि १० घरलाई आरन, सात घरलाई सिलाइ मेसिन, पाँच घरलाई वेल्डिङ मेसिन र दुई परिवारलाई साइकलसमेत उपलब्ध गराएको छ ।
 
दुई महिना लगाएर ती घर निर्माण गरिएको फिल्ड सुपरभाइजर खाँडले जानकारी दिइन् । कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेलगायत जिल्लाका दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 
शक्तिखोरको गुछिबाङमा भूकम्पले जमिन धाँजा फाटेपछि प्राविधिकले बस्न अयोग्य ठह¥याएसँगै ती परिवारलाई स्थानान्तरण गरिएको थियो । चितवनमा भूकम्पका कारण ३४५ घरपरिवार विस्थापित भएका थिए ।