मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय एकता आजको आवश्यकता : नेता केसी

राष्ट्रिय एकता आजको आवश्यकता : नेता केसी


सौराहा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देशभर अशान्ति बढ्दै गएको अवस्थामा सामाजिक सद्भाव र राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छ । 
 
सौराहा क्रिकेट युवा क्लबको आयोजनामा शनिबारदेखि सौराहामा सुरु भएको हात्तीकप क्रिकेट प्रतियोगिताको नेता केसीले उद्घाटन गर्दै विविधताको बीचमा एकता भएको नेपालमा पछिल्लो समयमा जातीय र क्षेत्रीय मुद्दा उठाएर विखण्डन ल्याउने षड्यन्त्र भइरहेकोतर्फ युवा सचेत हुनुपर्नेमा जोड दिए ।
 
राजनीतिक स्वार्थले देशमा विचलन ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै नेता केसीले यसतर्फ सबै सचेत हुनु पर्ने बताए । 
युवाहरू राष्ट्रको हितका लागि अगुवा भएको बताउँदै नेता केसीले जुनसुकै जात, धर्म, क्षेत्र, लिङ्ग भए पनि पहिले आफू नेपाली हो भन्ने भावना जागृत गराउनुपर्ने विचार राखे । 
 
खेल क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पु¥याउने भएकाले खेलको विकास जरुरी रहेको र चौतर्फी उन्नतिका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने नेता केसीको भनाइ छ ।
 
बत्तीस समूहको सहभागिता रहेको प्रतियोगितामा विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्ने संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।