मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामै पहिलोपल्ट नेपालीहरुको गल्फ प्रतियोगिता हुँदै

अमेरिकामै पहिलोपल्ट नेपालीहरुको गल्फ प्रतियोगिता हुँदै


वाशिंगटन डिसी – नेपालमा भुकम्प पिडितको सहयोगार्थ यही अगस्ट २२ तारिख शनिबारराजधानी वाशिंगटन डिसीमा अमेरिकामै पहिलोपल्ट नेपाली गल्फ प्रतियोगिता हुँदैछ l नेपालमा सर्बसाधारण जनतामा नपुगेको र केही धनाड्य ब्यक्तीले मात्रै खेल्ने यो खेल अमेरिकाबासी नेपालीले पनि खेल्दैनन जबकी अमेरिकाको प्रत्येक शहरको टोल टोलमा यो गल्फ खेल्न पाईने भएकोले, नेपालीहरुलाई यो धनीको खेल सिकाऊनको लागी पनि यो खेल प्रतियोगिता आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष सिता पाण्डेले बताईन् l 
 
अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्कीले गल्फ प्रतियोगिता ऊदघाटन गर्ने कार्यक्रम रहेको कुरा खेल संयोजक केमिका भण्डारीले बताईन् l यस गल्फ प्रतियोगितामा भाग लिन ईच्छुक सबैले अनिबार्य रुपमा रजिस्ट्रेसन गर्नुपर्ने र रजिस्ट्रेसनको लागी संयोजक केमिका भण्डारीलाई  सेल फोननम्बर ४१०२९९१२९९ मा सम्पर्क गर्नुपर्ने कुरा  संस्थाका भाईस् प्रेसिडेन्ट मिलन राईले बताए l 
 
नेपालमा भुकम्प पिडितको सहयोगार्थ नेपाल स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेशनलको आयोजनामा हुने यो गल्फ प्रतियोगिता हुने समय र ठेगाना यसप्रकार छ 
 
Date:22 August  2015, Saturday
Time: 2.00 PM to 9.30 PM
Venue: Venue: Blue Mash Golf Course
Address: 5821 Olney-Laytonsville Road
Laytonsville, MD 20882