मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा गाभिएपछि ठोरीवासीले गरे दीपावली

चितवनमा गाभिएपछि ठोरीवासीले गरे दीपावली


चितवन । सीमाकंनमा प्रमुख राजनैतिक दलहरुले गरेको शुक्रबारको सहमतिमा पर्साको ठोरी गाबिस प्रदेश नं ३ मा गाभिएपछि ठोरीका जनताले आफूहरुको वर्षौदेखिको चाहना पूरा भएको भन्दै खुशीयाली मनाएका छन् ।
दलहरुले सहमति खबर सार्वजनिक भएपछि नै ठोरीका जनताले चोक–चोकमा मैनबत्ती बालेर निर्णयको स्वागत गरेका हुन् । 
यसअघिको सीमाकंनमा ठोरी प्रदेश नं २ मा थियो । जसका बिरोध गर्दै ठोरीका जनता संघर्ष समिति नै बनाएर संर्घषमा उत्रिएका थिए । २०३४ सालसम्म चितवनमा भएको ठोरी २०३५ सालपछि पर्सामा रहँदै आएको थियो ।