मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सुडान सरकारसँग राष्ट्रसङ्घीय प्रमुखको आग्रह

सुडान सरकारसँग राष्ट्रसङ्घीय प्रमुखको आग्रह


संयुक्त राष्ट्रसङघ, २ भदौ । संयुक्त राष्ट्रसङघका महासचिव बान कि मुनले मङ्गलबार दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरलाई विद्रोहीसँग १५ भित्रमा शान्ति सम्झौता गर्न आग्रह गर्नुभएको छ ।  
 
यसअघि किइरले सो शान्ति सम्झौतामा सोमबार हस्ताक्षर गर्नको लागि अस्वीकार गर्नुभएको बताइएको थियो । सो समाचारपछि मङ्गलबार महासचिव बानले उक्त आग्रह गर्नुभएको हो ।
विश्वको कान्छो देश दक्षिण सुडानका राष्ट्रपति किइरले शान्ति सम्झौतामा हस्ताक्षर गर्नको लागि १५ दिनको समय माग्नुभएको जनाइएको छ । 
 
दक्षिण सुडान सरकार र विद्रोहीबीच अन्तर्राष्ट्रिय समुदायसमक्ष नै अगस्त १७ सम्म सो शान्ति सम्झौतामा हस्ताक्षर गर्ने भनी सहमति भएको थियो ।  विद्रोहीका नेता अर्थात दक्षिण सुडानका पूर्व उपराष्ट्रपति रिएक मचारले भने उक्तः सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 
 
इथियोपियाको राजधाजी आडिस आबाबामा मध्यस्थकर्ता रिजनल ब्लोक इन्टर गर्भमेन्टअल अथिरिटी फर डेभलपमेन्ट इन अफ्रिका (आइजीएडी)को उपस्थितिमा सो शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । 
 
सुडान पिपुल्स् लिबरेसन् मुभमेन्टका महासचिव पगान अमुमले पनि यस सम्झौतामा हस्ताक्षर गर्नुभएको बताइएको छ । तर उहाँले सरकारको प्रतिनिधिको रुपमा हस्ताक्षर गर्नुभएको भने होइन । 
महासचिव बानका प्रवक्ताद्वारा प्रकाशित विज्ञप्तिमा बानले दक्षिणी सुडानमा विद्रोही र सरकार पक्षबीच शान्ति सम्झौतालाई यहाँसम्म ल्याई पु¥याउन आइजीएडीले जारी राखेको प्रयासका लागि धन्यवाद दिइएको छ ।
 
साथै विज्ञप्तिमा उक्त शान्ति सम्झौतालाई निष्कर्षमा पु¥याई सफल बनाउन संयुक्त राष्ट्रको प्रयास जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 
 
सन् २०११ मा विश्वको कान्छो देशका रुपमा जन्म भएको यस देशमा किइर र मचारको समर्थकबीच द्वन्द्व सुरु भएको थियो । जारी यस द्वन्द्वको कारण हजारौं व्यक्तिले ज्यान गुमाएका छन् । जारी द्वन्द्वको कारण २० लाख व्यक्ति विस्थापित भएका छन् । रासस ÷सिन्ह्वा