मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अफगानिस्तानमा सत्र तालिवान मारिए

अफगानिस्तानमा सत्र तालिवान मारिए


काबुल, २ भदौ । अफगानिस्तानमा जारी सैनिक कारबाही तथा सुरक्षाबल र आतङ्ककारीबीच जारी झडपमा परी कम्तीमा १७ जना आतङ्ककारी मारिएका छन् ।  अफगान गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । पछिल्लो समयमा अफगानिस्तानमा तालिवानले सुरक्षाकर्मी र सर्वसाधारणको हत्यालाई अघि बढाएका छन् । 
 
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् । सो कारबाहीका क्रममा गत २४ घण्टाभित्र १७ जना आतङ्ककारी मारिनुका साथै ३० जना घाइते भएका जनाइएको छ । कारबाहीका साथै त्यस क्रममा विभिन्न स्थानमा झडप पनि भएको थियो ।  
 
अफगानिस्तानको विभिन्न प्रान्तमा जारी यस कारबाहीको क्रममा तीन जना पक्राउ परेको समेत जनाइएको छ । सेनाले ठूलो सङ्ख्यामा हतियार पनि कब्जा गरेको छ । यस अवधिमा भएका सडक किनारमा रहेको बम र बारुदी सुरुङ्ग विस्फोटमा परी केही अफगान सेनाले पनि ज्यान गुमाएका बताइएको छ । तर सो सङ्ख्या भने उक्त विज्ञप्तिमा खुलाइएको छैन । 
 
अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी गत जनवरीबाट स्वदेश फर्किएका छन् । तर अफगानिस्तानमा सुरक्षा भने कायम हुन सकिरहेको छैन ।
 
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने गर्दै आएका छन् । रासस÷सिन्ह्वा