मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्रीको पुतला दहन

गृहमन्त्रीको पुतला दहन


नवलपरासी । सप्तरीमा भएको घटनाको बिरोधमा संयुक्त मधेसी मोर्चा नवलपरासीले आज नवलपरासीको बेलाटारीमा बिरोध रयाली निकालेको छ । विरोधसंगै उनीहरुले गृहमन्त्री बामदेव गौतमको पुतला दहनसमेत गरेका छन् ।

बेलटारीमा भएको बिरोध र्याली अहिले त्रिभुवन क्याम्पस बेलाटारीको प्रांगढमा कोण सभामा परीणत भएको छ । त्यस्तै नवलपरासीको सेमरी , महेसपुर , झुलनीपुर , बेलाटारी र रानीनगर लगायतका बजारहरु पुर्ण रुपमा बन्द रहेका छन् ।

त्यसैगरी मधेषी र थारु हटको बन्दको प्रभाव सदरमुकाम परासी लगायतका क्षेत्रमा पनि परेको पूर्वपश्चिम लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रहेको छ ।

प्रहरीले स्कटिङ्ग समेत गरेर सवारी साधन सञ्चालनमा ल्याएका छन् । यता थरुहट प्रदेशको माग राख्दै आन्दोलनमा उत्रिएका थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपरासीको डण्डामा वृहतसभा गरेको छ । नवलपुर क्षेत्रमा भने बन्दको प्रभाव शून्य रहेको छ ।