मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपत्यकाबाहिर मनलाग्दी फैलँदै सरोगेसी सञ्जाल

उपत्यकाबाहिर मनलाग्दी फैलँदै सरोगेसी सञ्जाल


काठमाडौं । नेपालमा कानुनी मान्यता पाइनसकेको सरोगेसी सेवा ९कोख भाडामा लिएर बच्चा जन्माउने विधि० उपत्यका बाहिर पनि विस्तार भएको पाइएको छ ।
 
स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले हाल सरोगेसी सेवा दिइरहेका राजधानीका चार अस्पतालका व्यवस्थापक एवं सरोगेट आमासँग कुराकानी गर्दा नेपालगन्ज, वीरगन्ज र विराटनगरमा पनि सरोगेसी सेन्टर खुलिसकेको तथ्य फेला परेको हो ।
 
‘विस्तृत प्रतिवेदन तयार नपार्दासम्म कुन–कुन अस्पतालअन्तर्गत भनेर खुलाउन मिल्दैन,’ छानबिन समितिका एक सदस्यले भने, ‘सार्वजनिक भएका तथ्यहरूभन्दा धेरै ठूलो सञ्जाल बनाएर अस्पतालहरूले सेवा दिइरहेको पाइयो ।’
 
समितिका ती सदस्यले उपत्यकामा सेवा दिइरहेका अस्पतालले ती ठाउँमा सरोगेट आमा खोज्नकै लागि शाखा खोलेको हुन सक्ने बताए ।
 
‘भाडामा कोख दिन खोज्नेहरूको पहिचान गर्न र नाकाबाट बाहिर लान पनि सजिलो होस् भनेर सीमा क्षेत्रमा पनि सेन्टर खोलेको देखिन्छ,’ उनले भने।
 
सरोगेसीसम्बन्धी कानुन नै नबनेको अवस्थामा नेपालमा कानुनी मान्यता पाएको प्रचारप्रसार गर्दै ठूलो संख्यामा विदेशी र नेपाली महिलाको कोख भाडामा लिएर बच्चा जन्माइरहेको खबर सार्वजनिक भएपछि मन्त्रालयले छानबिन समिति बनाएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।