मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सद्भावना पार्टीले संविधानसभा परित्याग, सामूहिक राजीनामा

सद्भावना पार्टीले संविधानसभा परित्याग, सामूहिक राजीनामा


काठमाडौँ । सदभावना पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा दिएको छ ।

पार्टीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संविधानसभाबाट सामूहिक राजीनामा दिएको हो । 
 
‘पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम हाम्रो लागि संविधानसभामा बस्न औचित्यहिन भइसकेकोले आज यसै समयदेखि सदभावना पार्टी संसदिय दलले संविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गर्दछ’, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
 
संविधानसभामा सदभावनाका १ प्रत्यक्ष र ५ समानुपातिक सभासद थिए । प्रत्यक्ष निर्वाचित सन्जय साह जनकपुर बमकाण्डमा दोषी ठहर भर्इ निलम्बित छन्।