मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अब स्मार्टफोनले भगाउनेछ लामखुट्टे

अब स्मार्टफोनले भगाउनेछ लामखुट्टे


लामखुट्टेले दुख दिएको बेला लामखुट्टे भगाउनका लागि विभिन्न केमिकल तथा झुलको सहारा लिनुको विकल्प हुँदैन । तर अब लामखुट्टे भगाउनका लागि नयाँ तरिका आएको छ । अब तपाइँको लामखुट्टेले दुख दिने लामखुट्टे भगाउन सहयोग गर्नेछ ।
 
आफ्नो स्मार्टफोनमा एउटा यस्तो एप डाउनलोड गर्नुहोस् जसले उच्च आवृत्तिको ध्वनी निकाल्नेछ । यो आवाज लामखुट्टेलाई फिटिक्कै मन पर्नेछैन अर्थात् डराउनेछ र तपाइँको आसपास लामखुट्टे आउनेछैन ।
 
लामखुट्टे भगाउने त्यो उपयोगी एपको नाम हो Hertzier । हर्टजेएर एप डाउनलोड गरेर आफ्नो स्मार्टफोनमा इन्स्टल गरेपछि तपाइँलाई लामखुट्टे भगाउने नयाँ हतियार प्राप्त हुनेछ ।
 
यो एपको निशुल्क भर्सन पनि छ र पैसा तिरेर पनि खरीद गर्न सकिन्छ । निशुल्क भर्सनमा आवाज केही सुस्त छ र चाहे अनुसार घटबढ गर्न अलिक गाह्रो हुन्छ । तर सशुल्क एप डाउनलोड गर्नुभयो भने यसले लामखुट्टे भगाउनका लागि किसिम किसिमका आवाज उपलब्ध गराउनेछ ।
 
ठूलै आवृत्तिको आवाज लगाएर लामखुट्टे भगाउने भनेपछि त त्यो ध्वनीले बसिनसक्नु हुन्छ होला, भन्ने सोँच्नुहोला । तर ढुक्क हुनुस् त्यो आवाज मानिसको कानले सुन्न सक्दैन । त्यसैले यो आवाजले हामीलाई कुनै डिस्टर्ब गर्दैन केवल लामखुट्टेलाई मात्र तर्साउने काम गर्छ ।
 
अझ रमाइलो त के भने यो एपको मद्धतले कुकुर तथा बिरालो भगाउनका लागि समेत आवाज निकाल्न सकिन्छ । – बीबीसी