मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्याट्रिनाले अष्ट्रिया पुर्‍याएपछि रणवीरले चुरोट छोडे

क्याट्रिनाले अष्ट्रिया पुर्‍याएपछि रणवीरले चुरोट छोडे


गत महिना क्याट्रिना कैंफको जन्मदिन मनाउन क्याट्रिना र रणवीर कपुर छुट्टीमा निस्केका थिए। चर्चाअनुसार उनीहरु लण्डन या इन्डोनेसियाको बाली गएको हुनसक्ने भनिएको थियो । हालै तथ्य खुलेको छ, उनीहरु अष्ट्रिया गएका थिए।
 
उनीहरू अष्ट्रिया जानुको कारण थियो- रणवीरको चुरोटको लत छुटाउनु। क्याट्रिनाको अनुरोध स्वीकारेर रणवीर अष्ट्रिया पुगेका थिए। रणवीरको चुरोटको लत छुटाउन अष्ट्रिया लैजाने सल्लाह भने रानी मुखर्जी र आदीत्य चोपडा दम्पतिले दिएका थिए।
 
अष्ट्रियाको ‘द ओरिजिनल एफएक्स मेयर हेल्थ सेन्टरमा’ मा रणवीरले कुलत छुटाउने खास ‘स्पा’ लिएका हुन्। यस स्पाको दौरानमा रणवीरले कानको पछाडि सुई पनि लगाउनु परेको थियो । 
 
सुईले रणवीरलाई काम पनि गरिसकेको छ। उनले तीन सातादेखि चुरोट छुँदै छोएका छैनन्।
उनीहरुले एक साताभन्दा बढी समय अष्ट्रियामा बिताएका थिए। -एजेन्सी