नेपालबाट अध्ययनका लागि अमेरिका आएका युवा कुशल सेढाई क्यान्सर भएपछि अहिले अस्पतालमा उपचार गराईरहेका छन् I उनका आफन्त र साथीहरुले २८ बर्षिया सेढाईको क्यान्सर उपचारका लागि सहयोगको अपिल गरेका छन् I
पेट र ढाड दुखेपछि कुशल अस्पताल गएका थिए I सुरुमा अस्पतालले आरामपछि आफैँ निको हुन्छ भनेर पठायो I तर, सामान्य उपचार र आरामले ठिक नभए पछि पुनः इमर्जेन्सीमा जाँदा क्यान्सर लागेको पत्ता लागेको हो I
ओक्लोहोमा बस्ने कुशललाई किमोथेरापी दिदै उपचार भइरहेको छ I क्यान्सर उपचार खर्चिलो हुने हुनाले उनलाई आर्थिक सहयोगको खाँचो परेको उनले हिमालय खबर संग बताए I
हिमालय खबर पनि आर्थिक अभाव खेपिरहेका कुशलको उपचारका लागि सहयोग गर्न सबैसंग हार्दिक अनुरोध गर्दछ I सहयोगका लागि तलको लिंकमा सम्पर्क गरी आर्थिक सहयोग गर्न सकिने छ I http://www.gofundme.com/zecuye6
यो लिंकमा पनि click गरेर हेर्नु होला English न्युजको लागि >>
प्रतिक्रिया