मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

थाइल्यान्डको बैंककमा बम विस्फोट हुँदा १५ को मृत्यु, ८० जना गम्भीर घाइते

थाइल्यान्डको बैंककमा बम विस्फोट हुँदा १५ को मृत्यु, ८० जना गम्भीर घाइते


थाइल्यान्ड– थाइल्यान्डको बैंककमा सोमबार साँझ बम विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।  ८० जना गम्भीर घाइते भएका छन् । 
 
स्थानीय समय अनुशार करिब ७ बजेतिर रातचप्रासनको एरावान धार्मिकस्थल नजिकै भएको विस्फोटमा १५ जनाको मृत्यु भएको र केही घाइते भएको प्रहरी प्रवक्ता प्राउत थावानसिरीले बताए ।
 
विस्फोटनका कारण मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
घटनामा विदेशी पर्यटकसमेत घाइते भएको समाचार मछ । विस्फोटनका कारण ४५ सवारी साधनमा क्षति पुगेको छ । घटनास्थललाई प्रहरीले घेरा हाली अनुसन्धान अगाडि बढाएको छ । रासससिन्ह्वा