मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

हराएको विमानमा साढे छ अर्ब रुपैयाँ रहेको खुलासा

हराएको विमानमा साढे छ अर्ब रुपैयाँ रहेको खुलासा


इन्डोनेसिया । आइतबार हराएको इन्डोनेसियाको विमानमा साढे छ अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब पाँच लाख अमेरिकी डलर) रहेको सूचना सार्वजनिक भएको छ । उक्त विमानमा कम्तीमा पनि साढे छ अर्ब इन्डोनेसियाली रुपैयाँ रहेको र उक्त रकम गरिब नागरिकका लागि राहत स्वरुप बाँड्न त्यहाँ पठाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् । 
 
इन्डोनेसियाको पूर्वी प्रान्तका गरिब नागरिकलाई राहतका रुपमा वितरण गर्नका लागि सो रकम पठाइएको जानकारी सरकारले सोमबार दिएको हो । जयपुरा पोष्ट अफिसका एकजना अधिकारीले दिएको जानकारीअनुसार पूर्वी क्षेत्रका गरिबका लागि वितरण गर्न यो सरकारी रकम लिएर गएको र त्यसका लागि उक्त कार्यालयका चारजना सुरक्षाकर्मीसमेत रहेको जनाएका हुन् । 
 
अधिकारीहरुका अनुसार चालक दलका सदस्यसहित ५४ यात्रु लिएर जयपुराबाट अक्सिविलका लागि उडेको विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको हो । आइतबार विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएबमोजिम नै दुर्घटनाग्रस्त हुन पुगेको आंशिक अनुमान गरिएको छ । 
 
इन्डोनेसियाली त्रिगंगा हवाई बाहक कम्पनीद्वारा उडान भरिएको एटीआर ४२¬–३०० टर्बोप्रप विमान स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि हराएको इन्डोनेसियाली खोज तथा उद्धार संस्थाले पुष्टि गरेको छ ।
 
उद्वारकर्ताहरु दुर्घटना नजिक– अधिकारीहरु
दुर्घटनाग्रस्त भएको अनुमान गरिएको एक पहाडनजिक उद्वारकर्ताहरु पुगेका बताइएको छ । उनीहरु दुर्घटनाको अनुमान गरिएको क्षेत्रको निकैनजिक पुगिसेकेको अधिकारीहरुले जनाएका छन् । ४५ मिनेटको यात्रापछि अवतरण गर्ने गरी उडेको उक्त जहाज अवतरण हुनुभन्दा १० मिनेटअगाडि सम्पर्क बाहिर गएको अक्सिविल हवाई ट्राफिक नियन्त्रण कार्यालयले जनाएको छ ।
 
विमानको खोजीका लागि त्रिगङ्गा विमान कम्पनीले सोही हवाई बाटो भएर अर्को एक विमान पठाएकोमा उसले उक्त विमानका भग्नावशेष भेटेको बताएको थियो । अक्सिविल इन्डोनेसियाको हिमाली एवम् अग्लो पहाडमा अवस्थित भू–भाग हो । सोही क्षेत्रमा नै विमान खसेको अनुमान गरिएको हो ।  
 
अक्सिविल पहाडमा नै सो विमान दुर्घटनाग्रस्त भएको सो क्षेत्रका गाउँलेले यसअघि नै बताएका थिए । उनीहरुकै सूचनाका आधारमा हवाई अधिकारीहरुले खोजीका लागि अर्काे विमान सोमबार बिहान पठाएका छन् । उनीहरुकाअनुसार यसअघि पनि आइतबार पठाइएको विमानले जहाजका भग्नावशेषहरु भेट्न नसकेको भए पनि सोही पहाडमा खसेको किटानी गरेको थियो । अधिकारीहरुले सोमबार गएका उद्वारकर्मीहरुको जहाज दुर्घटनाको नजिक पुग्न थालेको बताएका छन् । रासस / एएफपी