मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आगलागीमा एकै परिवारका दशको जलेर मृत्यु

आगलागीमा एकै परिवारका दशको जलेर मृत्यु


अफगानिस्तान । अफगानिस्तानको हेरात प्रान्तमा सोमबार एक घरमा भएको आगलागीमा परी एकै परिवारका दश व्यक्तिको जलेर मृत्यु भएको समाचार छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीबाट प्रारम्भिक रुपमा प्राप्त समाचारअनुसार रातभर घरमा भएको ग्यास चुहावटपछि सो आगलागी भएको पाइएको छ ।
 
ग्यास चुहावटपछि भएको यस आगलागीमा परेका व्यक्तिहरु अत्यन्त विभत्स रुपमा जलेको अवस्थामा पाइएको हेरात अस्पतालले जनाएको छ । सो अस्पतालका प्रवक्ता मोहमद रफिकले सिन्ह्वा समाचार समितिलाई दिएको समाचारअनुसार सो आगलागीबाट उक्त घरको परिवारका सबैजना सदस्य पूरै जलेर डल्लो परेको अवस्थामा पाइएका थिए ।  
 
यस दुःखद घटनामा परी ज्यान गुमाउनेमा चार महिला, तीन पुरुष र तीन बालबालिका रहेका अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा रहेको हेरात सहरमा अवस्थित यो भवन पनि जलेर पूरै ध्वस्त हुन पुगेको पनि सो समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा