मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी नेपाली मंचको क्यालिफोर्नियामा एघारौ राज्य कमिटि गठन

प्रवासी नेपाली मंचको क्यालिफोर्नियामा एघारौ राज्य कमिटि गठन


अमेरिका, १६ अगस्ट / हिजो एक कार्यक्रमका बिच लस एन्जल्समा प्रवासी नेपाली मंच क्यालिफोर्निया राज्य कमिटिको गठन भएको छ । विश्वका २२ देशमा गठन भई सकेको मंच अमेरिकामा २००१ मा शुरु भई बिभिन्न राज्य कमिटि गठन गर्दै आईरहेकोमा क्यालिफोर्नियामा एघारौ राज्य कमिटि गठन गरेको छ । चाडै आफ्नो अधिबेशन गर्न गई रहेको मंच अहिले बिभिन्न राज्यहरुमा कमिटि गठन गर्ने अभियानमा जुटेको देखिन्छ । कार्यक्रममा मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि मंचका अध्यक्ष संजय थापाले नयाँ कमिटि कुनै पुरानो संस्थाको प्रतिस्पर्धी नभएर हातेमालो गर्दै जाने उद्देश्यका साथ शुरु भएको, विचार मिल्ने साथीहरु मिलेर संस्था बनाउदा सही योजना तयार हुन्छ र योजनाको सही कार्यन्वयन समेत गर्न सकिने हुँदा विचार मिल्ने साथीहरु बिचमा क्यालिफोर्निया राज्य कमिटिको गठन गरिएको बताउनु भयो ।
थापाले मन्तब्यको क्रममा अमेरिकामा रहेका नेपालीहरुले आफुलाई अमेरिकी मूल प्रवाहामा आर्थिक, सामाजिक र राजनैतिक रुपमा समेत समाहित गराउनु पर्ने बताउनु भयो । मन्तब्यको क्रममा मंचका सल्लाहाकार समिति प्रमुख भिम कार्कीले मंचको बारेमा प्रकाश पार्नु हुँदै मंच अमेरिकी कानुन अनुसार ५०१(सि) अन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता भएको बताउनु भयो भने महासचिव प्रभु थापाले नव गठित समितिलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । सचिवालय सदस्य तथा द.प.छेत्रीय इन्चार्ज यमुना भट्टराईले नेपालमा बन्न गईरहेको संबिधानमा महिला हक हितका कुराहरु सुनिश्चित गर्नु पर्ने धारणा राख्दै नव गठित कमिटीलाई शुभकामान व्यक्त गर्नु भएको थियो । 
स्थानीय संघ-संस्थाका प्रतिनिधिहरुमा नेपाली जन सम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठक, अन्तर्राष्ट्रिय नेपालि साहित्य समाजका अध्यक्ष शान्तिराम ढकाल, नेपाल अमेरिका पत्रकार संघका सचिव सुदिप पाठक, नेपाल अमेरिका एकता समाजकी अध्यक्ष शारदा श्रेष्ठ, श्री पशुपतिनाथ फाउनडेशनका अध्यक्ष भक्त थापाले भर्खरै गठन भएको कमिटिलाई बधाई तथा सुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहाकार मुकुन्द ढुंगाना, सह-सचिव संगीता लम्साल शिवाकोटी, क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे, नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष कन्हैया कायस्थ लागायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 
मंचका केन्द्रिय सचिव कमल ओझा, सचिवालय सदस्य मध्य पश्चिम प्रिति सागर, सचिवालय सदस्य गोकर्ण दहालको उपस्थिथि रहेको कार्यक्रमको सभापतित्व राजेन्द्र शिवाकोटीले गर्नु भएको थियो भने संचालन नव गठित कमिटिका बिजय कटुवालले गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा मंचका अध्यक्ष संजय थापाले स्थानीय साथीभाई हरुसंगको बिभिन्न चरणको छलफल र मिटिंग पश्चात बिजय कटुवाल-अध्यक्ष, निरज भट्टराई-सचिव र सदस्यहरुमा मेघेन्द्र श्रेष्ठ, प्रभाकर प्याकुरेल, रामहरि भट्टराई, लोक बहादुर लिम्बु, योगेन्द्र श्रेष्ठ, गोबिन्द अधिकारी र हिरा खत्री रहेको क्यालिफोर्निया राज्य कमिटि चयन गरिएको घोषणा गर्नु भएको थियो । कमिटिको उपाध्यक्ष र केहि सदस्य पदमा सानफ्रान्सिस्को लगायतका छेत्रबाट मनोनयन गरिने समेत बताइएको छ ।