मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खैरहनीका प्रहरी निरीक्षक थापाको स्वागत

खैरहनीका प्रहरी निरीक्षक थापाको स्वागत


खैरहनी । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक इन्दबहादुर थापालाई खैरहनी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । 
 
संघले हालै सरुवा भई आएका कार्यालयका प्रमुख प्रहरी निरीक्षक थापालाई एक कार्यक्रमबीच स्वागत गरेको हो । स्वागत कार्यक्रममा व्यवसायीहरुले खैरहनीमा पछिल्लो समय व्यवसायीहरुले असुरक्षित रहेको आभाष गरेको भन्दै शान्ति सुरक्षा चुस्त बनाउन नयाँ प्रहरी निरीक्षक थापासँग आग्रह गरे । 
 
यसअघिका कार्यालय प्रमुखका कारण खैरहनीमा प्रहरी नगरहेको आफूहरुले भान गरेको उनीहरुको भनाइ थियो । कार्यक्रममा संघका अध्यक्ष गुणराज श्रेष्ठ, निवर्तमान अध्यक्ष केशव पाठक, प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा, सदस्य शशि खनिया, रामशरण पाण्डेलगायतले व्यावसायिक सुरक्षाको माग गरे । 
 
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर थापाले चितवनको बसाइका क्रममा शान्ति सुरक्षामा कुनै कन्जुस्याइँ नगर्ने प्रतिवद्धता व्यक्त गरे । संघका अध्यक्ष गुणराज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।