मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजमार्गमा दैनिकजसो सवारी दुर्घटना

राजमार्गमा दैनिकजसो सवारी दुर्घटना


धादिङ । धादिङ जिल्लामा पर्ने राजमार्ग खण्डमा दैनिकजसो सवारी दुर्घटना हुन थालेको छ । क्षमताभन्दा धेरै सामान बोकेर आउने मालबाहक ट्रक तथा अन्य सवारीहरु उकालोमा चढ्न नसक्नु, पुराना सवारीसाधन जताततै बिग्रिएर रोकिनु, बिग्रिएकोे सडक र सवारी चालकहरुको लापरवाहीका कारण दैनिकजसो सवारी दुर्घटना हुने गरेको हो ।
 
त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा हिजोआज दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेको छ । गत वर्षभन्दा यो वर्ष दुर्घटनामा केही कमी आएको भए पनि अझै अपेक्षाकृत रुपमा सवारी दुर्घटनामा कमी ल्याउन नसकेको ट्राफिक प्रहरीको भनाइ छ ।
 
विषेश गरी राजमार्गमा सवारी हाँक्नेहरुले रातको समयमा गाँजा तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा धेरै दुर्घटना हुने गरेको पाइएको छ । राजमार्गको ठाउँ–ठाँउमा राखिएको चमकदार होडिङ्ग बोर्डहरुका कारणले पनि चालकको ध्यान अन्यत्र गई सवारीसाधनहरु दुर्घटनामा पर्ने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक नविनराजा बुढाथोकी बताउँछन् । 
 
सवारी चालकहरुले क्षमताभन्दा बढी भार बोक्ने भएकोले गर्दा पनि सवारीको अवस्थाका कारण पनि कतिपय दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु नहुँदा झनै समस्या भएको सवारी चालकहरुको भनाइ छ । 
 
मानव अतिक्रमणका कारण राजमार्ग मिचेर बनाइएका घरटहराहरु र राजमार्गका छेउछाउमा रहेका व्यापारिक झुपडी र पानीका नुहाउने धाराहरुसमेत दुर्घटनाका कारण हुने गरेको सवारी चालकहरु बताउँछन् । राजमार्गमा खुल्ला रुपमा मदिराको बिक्री वितरण रोक्न सके मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुको संख्यामा कमी आउने प्रहरीहरु बताउँछन् ।