मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राप्रपा नेपालको जुलुसमा लाठी र अश्रुग्यास (फोटो फिचर)

राप्रपा नेपालको जुलुसमा लाठी र अश्रुग्यास (फोटो फिचर)


राप्रपा (नेपाल)ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै आज आयोजना गरेको विरोध जुलुसमा प्रहरी हस्तक्षेप भएको छ ।
 
पार्टीले माइतीघरबाट निकालेको जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी हस्तक्षेप भई सयौँको सङ्ख्यामा विभिन्न नेता तथा कार्यकर्ता घाइते भएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार प्रहरीले अश्रुग्यास, लाठीचार्ज समेत गरेपछि घाइते भएका नेता तथा कार्यकर्ताको बानेश्वरको एभरेस्ट नर्सिङ होममा उपचार भइरहेको छ । श्रेष्ठसहित अधिकांशको हातखुट्टा भाँचिएको तथा केहीको टाउको र ढाडमा चोट लागेको बताइएको छ ।