मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

टि्वटरको डीएममा हट्यो १४० अक्षरको सीमा

टि्वटरको डीएममा हट्यो १४० अक्षरको सीमा


माइक्रोब्लगिङ साइट टि्वटरले अन्ततः आफ्नो डाइरेक्ट मेसेज सेवामा १४० क्यारेक्टरको सीमा हटाएको छ ।
Twitter-Dmएक ब्लग पोष्टमार्फत टि्वटरले यसको घोषणा गरेको हो ।
 
टि्वटरले लेखेको छ-‘यदि तपाईँ आज आफ्नो डाइरेक्ट मेसेज चेक गर्नुभएको छ भने ध्यान दिनुभएको होला केही चिज हराएको छ : त्यो हराएको चिज हो १४० क्यारेक्टरको सीमा । अब तपाईँ एउटै डाइरेक्ट मेसेजमा जति चाह्यो उति च्याट गर्न सक्नुहुन्छ ।’
 
टि्वटरका अनुसार विस्तारै यो परिवर्तन एन्ड्रोइड तथा आइओएस एप्स, टि्वटर डट कम, टि्वट डेक तथा टि्वटर फर म्याकमा गर्न थालिएको छ ।
 
यद्यपि कतिपय टि्वटर प्रयोगकर्ताले भने आफ्नो डिएममा अझैपनि क्यारेक्टर लिमिट देखिएको गुनासो गरेका छन् । टि्वटरका अनुसार यो परिवर्तन विभिन्न चरणमा हुँदैछ र छिटै सबैको निम्ति उपलब्ध हुनेछ ।
यद्यपि अक्षरको सीमा हटाइएको यो परिवर्तन केवल डाइरेक्ट मेसेजिङका लागि मात्र रहेको तर, टि्वट्सको हकमा १४० को सीमा यथावत रहेको बताइउको छ ।
 
परिवर्तन अनुसार टि्वटर प्रयोगकर्ताले अब १० हजार क्यारेक्टर सम्मको डाइरेक्ट म्यासेज पठाउन सक्छन् ।
ह्वाट्स एप तथा फेसबुक मेसेन्जरले मेसेजिङ सेवामा प्रभुत्व कायम गरिरहेको बेला टि्वटरले आफ्नो डिएम सेवामा अक्षरको सीमा हटाएर प्रयोगकर्ताको आकर्षण बढाउने प्रयास गरेको हो ।
 
 
स्मरण रहोस् गत जुन महिनामा टि्वटरले आफ्नो डिएममा १४० क्यारेक्टरको सिमा हटाउने विषयमा काम सुरु भएको खुलासा गरेको थियो । सोही घोषणाको दिन टि्वटरका सहसस्थापक डिक कोस्टोलोले सिइओको पदबाट राजिनामा पनि दिएका थिए ।