मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिक्षा क्षेत्रमा लगानी गर्न दातासँग शिक्षामन्त्री यादवको आग्रह

शिक्षा क्षेत्रमा लगानी गर्न दातासँग शिक्षामन्त्री यादवको आग्रह


काठमाडौँ, २९ साउन– शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा क्षेत्रमा लगानी गर्न दातासँग आग्रह गर्नुभएको छ ।
आज आयोजित कार्यक्रममा मन्त्री यादवले अहिलेको जस्तो विपद् व्यवस्थापनका बेला सबैको सक्रियता र सहयोगले मात्रै शिक्षा क्षेत्रले गुणस्तरीयता हासिल गर्न सक्ने बताउनुभयो ।
 
घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले अबका तीन वर्षमा भूकम्प प्रतिरोधी करिब ३०० बासस्थान निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नायक राजेश हमालले भूकम्पले निम्त्याएका समस्यालाई अवसरका रुपमा लिएर काम गर्नुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा घिमिरेले रचना गरेको गीतिसङ्ग्रह ‘साथी’को विमोचन गरिएको थियो । राष्ट्रिय भावनाले ओतप्रोत सो सङ्ग्रहका सबै गीतमा शिव परिवारको एकल स्वर छ । रासस