मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मकवानपुरमा सडक दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुरमा सडक दुर्घटनामा तीनजनाको मृत्यु


मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । थाहा नगरपालिका–९ दामनमा ट्रक पल्टँदा दुई जनाको ज्यान गएको हो । बीरगन्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ९८९३ नम्बरको मिनी ट्रक सडकबाट एक सय मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो ।
 
मृत्यु हुनेमा थाहा नगरपालिका–११ का मिनी ट्रकका चालक २५ वर्षका राजेश लामा र सहचालक १६ वर्षका कुमार बल रहेको प्रहरीले जनाएको छ । त्यसैगरी हेटौँडा–११ नबलपुरमा ट्रक र बोलेरो एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको छ । यस्तै एक जना घाइते भएका छन् ।
 
ना २ ख ९५१५ नम्बरको ट्रक र अनटेस्ट बोलेरो एक आपसमा ठोकिँदा भारत चम्पारन घरभई अहिले हेटौंडा–१ चाइनाक्वाटरका ४५ वर्षका ननक सहनीको ज्यान गएको हो दुर्घटनामा चालक भैरहवा सुनौली नगरपालिका–१ वर्षका दिनेश थारु घाइते भएका छन् ।  घाइते थारुको चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।