मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाङका स्कुल खुले, बजार खुलेनन्

दाङका स्कुल खुले, बजार खुलेनन्


तुलसीपुर (दाङ) । दाङका विद्यालय आजदेखि खुलेका छन् ।
 
थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति दाङले आज शुक्रबारदेखि जिल्लाका सम्पूर्ण विद्यालय र विद्यार्थी आवतजावत गर्ने विद्यालयका सवारीसाधनलाई सञ्चालन गर्न सहमति जनाएपछि आजदेखि जिल्लाका सम्पूर्ण विद्यालय र शिक्षण संस्थाहरु खुलेका हुन् । तर जिल्ला बन्द भने यथावत् रहेको  थारु सङ्घर्ष समितिले जनाएको छ ।
 
यसैबीच दाङ बन्दको तेस्रो दिन आज पनि जिल्लाको जनजीवन प्रभावित नै बनेको छ । बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन कुनै पनि सञ्चालन हुन सकेका छैनन् ।
 
यहाँका बजार, कलकारखाना, उद्योगधन्दा पूर्णरुपमा ठप्प रहेका छन् ।  बजारमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको उपस्थितिलाई कडा पारिएको छ ।
 
बन्दको विकल्प खोज्न नागरिकले बन्दकर्तासँग माग गरेका छन् । रासस