मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आतङ्कवादको नियन्त्रणका लागि सहकार्य गर्न तयार : रसियाली विदेशमन्त्री

आतङ्कवादको नियन्त्रणका लागि सहकार्य गर्न तयार : रसियाली विदेशमन्त्री


मस्को, २९ साउन । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले आतङ्कवादको नियन्त्रणका लागि पश्चिमा एवम् मध्यपूर्वी राष्ट्रहरुसँग सहकार्य गर्न रसिया तयार रहेको जानकारी दिनुभएको छ । 
 
उहाँले सिरियामा जारी रहेको सङ्कट अन्त्यका लागि आवश्यक उपाय अवलम्बन गर्न सबै सरोकारवाला देशहरुसँग मिलेर काम गर्न आफू तयार भएको जानकारी पनि उहाँले दिनुभयो ।
 
उहाँले सिरियाली समस्या समाधानका लागि संयुक्त राज्य अमेरिकाका साथै युरोपेली युनियन एवम् अन्य देशहरुसँग मिलेर काम गर्ने र समाधानको उपायका लागि सबैको प्रयास जारी राखिने पनि बताउनुभयो । 
 
सिरियाका विपक्षी परिषद्का प्रमुख नेता खालेद अल खोजासँगको भेटका क्रममा विदेशमन्त्री लाभरोभले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । साथै उहाँले सिरियालाई आतङ्कवादीहरुको केन्द्रका रुपमा विकास गर्न नदिन पनि रसियाले सघाउने बताउनुभएको छ । रासस / सिन्ह्वा