मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चीनको कोइलाखानी दुर्घटनामा तेह्रको मृत्यु

चीनको कोइलाखानी दुर्घटनामा तेह्रको मृत्यु


चीन, २९ साउन । चीनको गुइयाङ्ग प्रान्तमा अवस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको बताइएको छ । सो घटनामा बेपत्ता तीन व्यक्तिको शव फेला परेपछि सो सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।
 
सो घटानमा पाँच व्यक्ति घाइते भएका जानाइएको छ । स्थानीय समयाअनुसार गत मङगलबार बिहान ७ः३० मा भएको यस दुर्घटनामा ५६ व्यक्तिलाई सुरक्षित तरिकाबाट उद्वार गरिएको थियो । 
 
उक्त खानीमा भएको विस्फोटको कारण अनुसन्धानरत रहेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन् । रासस / सिन्ह्वा