मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अहिेलेसम्म ब्लु फिल्म हेरेकी छैन : गायिका ज्योती मगर

अहिेलेसम्म ब्लु फिल्म हेरेकी छैन : गायिका ज्योती मगर


काठमाडौँ । लोकगायिका तथा मोडल ज्योती मगरले आफूले आफूले अहिलेसम्म ब्लु फिल्म नरहेको र कस्तो हुन्छ थाहासमेत नभएको दाबी गरेकी छिन् ।
 
फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशित गरेका थिए । यही प्रसंगमा उनको यस्तो प्रतिक्रिया आएको हो ।
 
खनालले के भनेका थिए ?
 
आफूलार्इ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसादविरुद्ध कस्तो कदम चाल्ने सोच्नै पर्ने भएको ज्योतिले बताएकी छिन् । यसबारेमा केही दिनमै आफ्नो भनाइ राख्ने उनले बताइन ।
उनले भनिन्, "पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौँला।" उनको प्रतिप्रश्न थियो( बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ ? फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन।
 
पछिल्लो समय सार्वजनिक भएको गीत ढाडेबिरालो उनको प्रस्तति अश्लिल देखिएको भन्दै आलोचना गरिएको छ ।
 

यसैबीच, पुराना संचारकर्मी तथा गायक रामप्रसाद खनालले ब्लु फिल्म खेल्न सुझाब दिएका छन् । सामाजिक संजालमा समेत अधिकांशले ब्लु फिल्म खेल्ने केटीको संज्ञा दिदै ज्योतिलाई ब्लु फिल्म खेल्न सुझाब दिएका छन् । साथै उनले आफ्नो फेसबुकमा लामो स्टाटास लेख्दै ज्योतीलाई लोकदोहोरी क्षेत्र छाडेर निलो फिल्म खेल्न सुझाव दिएका छन् । ज्योतीमात्र हैन, उनले गीतका लेखक, म्यूजिक भिडियो निर्देशक, बजार ब्यबस्थापन गर्ने म्यूजिक नेपाल र संचारमाध्यमलाई पनि गाली गरेका छन् ।

 

jyoti n ramprasad 2

यस्तो छ ज्योतीको गीतमाथि रामप्रसादको सुझाव-

ज्योति मगर, ब्यक्तिगत रुपमा उनलाई जे मन लाग्छ गरुन, त्यो उनको स्वतन्त्रता र अधिकार हो । तर, यि “उत्ताउली” नानीले केही समय यता लोकगीत दोहोरी गीत क्षेत्रको नराम्रोसँग बेइज्यत गर्दैछिन् ।

धेरै पटक यिनका उत्ताउला र सीमा नाघेका गीत भिडियो सुनेपछि हेरेपछि मन अमिलो भएर आउँथ्यो, लेखौँ लेखौँ लागेर पनि भैगो “गुलाई चलाई मुख भरी छिटा” किन गराउनु भन्दै चुप लागि बसेँ ।

तीन दिनदेखि उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युब मा आइरहेका प्रतिकृया हेरेपछि मलाई निम्न कुरा भन्न मन लाग्यो रिसानी भए पनि मलाई कुनै गुनासो हुने छैन :

१. लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलोपनले दुसित पार्ने धृष्टता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भर मा हिट हुने भुत चढेको हो भने, तिमीलाई “निला फिल्म” खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !

२. हाम्रा अग्रजहरुले, हामीहरु सबैले, कल्पना गरेको, दु:ख गरेको, लागेको लोक दोहोरी क्षेत्र ज्योतीको “देखाउने” क्षेत्र होइन । ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबु आमा दाजुभाइ दिदी बहिनी वा कोही आफन्तजन सँगसँगै बस, तिम्रै उत्ताउलोपना हेर, देखाउ अनी वहाँ हरुलाई सोध, तिम्रो अन्तर मन लाई सोध, के तिमी ठीक गर्दैछौं ?

 

jyoti

३.  म्युजिक नेपालप्रति म अति सम्मान गर्दछु । म्युजिक नेपाल हामी सबै नेपाली कलाकारको माइती हो, मावली हो, कर्म घर हो, सङ्रालय हो, जहाँबाट मेरा पनि थुप्रै गीती एल्बम सिडी भिसिडी डिभीडी प्रकाशित भएका छन् । यस्तो सम्मानित संस्थाले “ढाडे बिरालो” नाम को बिकृतिको पराकाष्टा तिज गीत र उत्ताउली ज्योति मगरको नग्न नाच बेच्ने भएछ ! आस्चर्य लाग्यो । म्युजिक नेपालले यसमा पुनर्बिचार गरोस् ।

४. ज्योति मगरका लागि यो गीत लेख्ने गीतकार, गाउने गायक गायिका, भिडियो निर्देशन गर्ने निर्देशक सबैलाई म बिनम्रता पूर्वक आफ्ना आमा बाबु श्रीमती छोरा छोरी र आफन्तजन सँगसँगै बसेर यो ढाडे बिरालो र ज्योतिको नाङ्गो नाच हेर्न चुनौती दिन्छु, सक्नुहुन्छ तपाईंहरु ?

५. मगर र गुरुङ जाती नेपाली लोक संस्कृतिका खानी हुन, म उनीहरुलाई  उच्च सम्मान गर्दछु । मगर थर कि उत्ताउली यि ज्योति नानीलाई तपाईंहरुले पनि खबरदारी गर्ने कि !

५. लोक गीत, दोहोरी गीत क्षेत्रमा ज्योति नानी मात्र एक्लै छैनन यसमा सहायक अरु पनि छन । जसले चर्चा कमाउनकै लागि लोक दोहोरी क्षेत्रको मर्यादा बिर्सिन थालेका छन । उल्टा सिधा गीत गाएर, मोडलिङ गरेर हिट हुने सपना साँच्दैछन । तिनका नक्कल, पहिरन, बोली भाषा, स्टाइलहरु देख्दा आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तो हुन्छ किन बुझ्दैनन् उनिहरु ?

६. दर्शक श्रोता हामी सबै कलाकारका न्यायाधिश हुन, अब दर्शक श्रोताले पनि यि “देखाउन “आउने” हरु लाई छि-छि र दुर-दुर गरिदिनुपर्‍यो ।

 

shreedavi-devkota

७. कलाकारसँग सम्बन्धित संघ संस्थाहरु सबैले सोच्नु पर्‍यो, के कलाकार भनेको “देखाउने” मात्र हो ? कलाकारको अनुशासन, मर्यादा हुँदैन ?

८. राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान यसमा अझ बढी सक्रिय हुनुपर्‍यो । यो क्षेत्रलाई बदनाम हुनबाट बचाउन एउटा आचारसंहिता बनाउनुपर्‍यो । नत्र हाम्रो क्षेत्र धराशायी हुने छ । मलाई आशा छ, म लोकदोहोरीको क्षेत्रमा सक्रिय रहेका बेला मसँग सहयोगीका रुपमा सँगै काम गरेका भाईबहिनीहरु अहिले प्रतिस्ठानको नेतृत्वमा हुनुहुन्छ, वहाँहरुले केही न केही पक्कै गर्नुहुने छ भन्ने मैले आशा राखेको छु ।

९. अन्त्यमा मिडिया र पत्रकारहरु सँग पनि गुनासो : यस्ता उत्ताउला उत्ताउली लाई हाइलाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ?  अशल कलाकार, अनुशासित र मर्यादित कलाकारलाई कहिलै हाइलाइट गरिन्छ मिडियामा ?  योगदानको चर्चा हुन्छ मिडियामा ? कृपया गलत सँस्कारलाई प्रश्रय नगरौँ ।