मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

युरोप अवार्डको अन्तिम तीनमा मेस्सी र रोनाल्डोसँगै स्वरेज

युरोप अवार्डको अन्तिम तीनमा मेस्सी र रोनाल्डोसँगै स्वरेज


युरोपको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा लिओनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र लुइस स्वरेज परेका छन्।
 
गत सिजन लिभरपुलबाट बार्सिलोना आएका स्वरेज पहिलो वर्ष नै युरोपको उत्कृृष्ट अवार्डको अन्तिम तीनमा पर्न सफल भएका हुन्। मेस्सीले पछिल्लो पटक २०११ मा यो अवार्ड जितेका थिए भने रोनाल्डोले गत वर्ष। २०१२ मा इनिष्टा र २०१३ मा फ्राङ्क रिवेरी यरोपको उत्कृष्ट खेलाडी घोषित भएका थिए।
 
मोनाकोमा २७ अगष्टमा च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा विजेताको घोषणा हुनेछ। यूईएफए आवद्ध ५४ देशका पत्रकारहरुको मतका आधारमा युभेन्टसका बुफोन चौथो नम्बरमा परे। बार्सिलोनाका नेयमार पाँचौं नम्बरमा रहे। इंग्लिस लिगबाट मनोनयनको टप टेनमा परेका इडेन हजार्ड छैटौं नम्बरमा रहे भने पिर्लो सातौं, भिडाल आठौं, टेभेज नवौं र पोग्बा दशौं नम्बरमा परे। – एजेन्सी