मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

आलिया भन्छिन;”मिहिनेत गरेर ‘विकिनी बडी’ बनाएँ”

आलिया भन्छिन;”मिहिनेत गरेर ‘विकिनी बडी’ बनाएँ”


यसै पनि बलिउडमा सेक्सी हिरोइनका रुपमा चिनिन्छन् आलिया भट्ट । अब चाहिँ उनी साँच्चिकै सेक्सी अवतारमा प्रस्तुत हुने तयारीमा छिन् ।
 
प्रदर्शनउन्मुख फिल्म ‘शानदार’मा आलिया बिकिनीमा देखिने भएकी हुन् । फिल्मको ट्रेलरमा उनलाई नायक शहिद कपुरसित व्यापक मस्ति गरिरहेको देखिन्छ । गुलाबी रंगको बिकिनी लगाएर उनले हट सिनहरु पनि दिएकी छिन् ।
 
फिल्मको ट्रेलर लञ्च गर्ने कार्यक्रममा आलियाले ‘विकिनी बडी’ बनाउन आफूले खुबै मिहिनेत गरेको बताइन् । ‘तपाईंले फिल्ममा मेरो जस्तो शरीर देख्नु भएको छ, त्यो त्यति सजिलै बनाएकी होइन मैले । धेरै मिहिनेत गरेकी छु,’ तर के मिनिनेत गरेको भन्ने चाहिँ उनले खुलाइनन् ।
 
सोहि कार्यक्रममा फिल्मका नायक शहिद कपुरलाई करिना कपुर र आलियाबीच तुलना गर्न लगाइएको थियो । करिनाका पूर्वप्रेमी शहिदले भने, ‘करिनासित तुलना गर्नु नै आलियाको लागि ठूलो कुरा हो । करिना स्थापित कलाकार हुन् । आलिया पनि राम्रो फिल्महरु गरिरहेकी छिन् ।’ –