मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमांकन पुनर्विचार गरिने, सर्वसाधारणलाई संयमित हुन अपिल

सीमांकन पुनर्विचार गरिने, सर्वसाधारणलाई संयमित हुन अपिल


काठमाडौँ । प्रमुख चार दलका शीर्ष नेताहरूले संविधानसभामा विचाराधीन ६ प्रदेशको सीमांकनमा जनताको सुझावअनुसार परिमार्जन गर्ने प्रतिबद्धता जनाउँदै त्यसको विरोधमा आन्दोलन गरिरहेका सर्वसाधारणलाई संयमित हुन अपिल गरेका छन् । कान्तिपुरमा समाचार छ ।
 
प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष पत्रकार सम्मेलन गरी सीमांकनको असन्तुष्टि भिडाएर संविधानसभाबाट संविधानै बन्न नदिन सक्रिय तत्त्वप्रति सजग रहन जनतासँग अपिल गरेका हुन् ।
 
‘नेपालको सन्दर्भमा संघीयता नयाँ विषय हुनाले यसमा जे जसरी सीमांकन गर्दा पनि कहीं न कहीं विवाद रहनु र जनताले विविध कोणबाट कुरा उठाउनु, सुझाव दिनु स्वाभाविक पनि हो । 
 
यी उठेका विवादलाई जनताको भावना र राष्ट्रको आवश्यकता र हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिनेछ,’ चार शीर्ष नेताको संयुक्त अपिलमा भनिएको छ, ‘यस घडीमा सम्पूर्ण जनतालाई संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकी उपयुक्त सुझावद्वारा सहयोग पुर्‍याई समस्या समाधानको प्रतीक्षा गर्न हामी हार्दिक अपिल गर्दछौं ।’