मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कर्णालीलाई सुदूरपश्चिममा नमिसाउन नेम्वाङको ध्यानाकर्षण

कर्णालीलाई सुदूरपश्चिममा नमिसाउन नेम्वाङको ध्यानाकर्षण


काठमाडौं । कर्णाली नागरिक सङ्घर्ष समितिले कर्णालीका कुनै पनि भू–भागलाई सुदूरपश्चिममा नमिसाउन माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षण गराएको छ ।
 
समितिका संयोजक एवम् पूर्व सभासद् चन्द्रबहादुर शाहीको नेतृत्वमा संविधानसभा भवन नयाँबानेश्वरस्थित अध्यक्षको कार्यकक्षमा गएको प्रतिनिधिमण्डलले कर्णालीलाई सुगम हुने गरी तथा त्यस क्षेत्रलाई नटुक्र्याउने गरी प्रदेश निर्माण गर्नुपर्ने माग गरेको हो ।
 
संयोजक शाहीले लामो समयदेखि कर्णाली क्षेत्रमा सरकारको दृष्टिकोण नपुगेका कारण त्यहाँ पूर्वाधार विकास निर्माण हुन नसकेको बताउँदै पर्याप्त सम्भावना भएर पनि त्यस क्षेत्रका नागरिक मूलधारमा आउन नसकेकाले कर्णालीलाई विशेष योजनाका साथ अघि बढाउन आग्रह गर्नुभयो । 
 
सो अवसरमा अध्यक्ष नेम्वाङ्ले प्रदेश निर्माणको प्रक्रिया अझै टुङ्गी नसकेकाले त्यस क्षेत्रका जनताको चाहना तथा भावनालाई व्यावहारिक र वैज्ञानिकरुपमा अघि बढाउन दलहरुलाई आपmूले सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी डा कुलबहादुर रोकायले जानकारी दिनुभयो ।
 
सूदुरपश्चिममा राख्न नहुने
 
यसैगरी कर्णाली जनअधिकार मञ्चले कर्णाली क्षेत्रलाई अञ्चललाई सुदूरपश्चिममा नराख्न आग्रह गरेको छ । 
 
मञ्चका अध्यक्ष प्रकाश रोकायले कर्णाली क्षेत्रलाई सुदूरपश्चिम क्षेत्रमा राखेर कर्णाली क्षेत्रको भावनाको उपेक्षा गरेको बताउनुभयो । उहाँले कर्णाली क्षेत्रलाई स्वायत्त प्रदेशको रुपमा राख्नुपर्नेमा जोड दिनुभयो ।
 
युवा सङ्घ नेपालका सचिव हस्त शाहीले कर्णालीलाई सुदूरपश्चिम प्रदेशमा राखेर कर्णालीमाथि खेलवाड गरेको बताउँदै कुनै पनि हालतमा कर्णालीलाई टुक्र्याउन नहुने बताउनुभयो । 
 
कार्यक्रममा डा कलबहादुर रोकाय, कमल खत्री, विष्णुराज बम, केवी रोकायलगायतका बक्ताहरुले कर्णालीलाई उपेक्षा नगर्न सरकारसँग आग्रह गर्नुभयो । रासस

शेयर गर्नुहोस:

0
Shares