मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नयाँ आइफोनमा नयाँ विशेषता

नयाँ आइफोनमा नयाँ विशेषता


साउन २७ – एप्पले नयाँ आइफोन बजारमा ल्याउने तयारी गरेसँगै यसमा के के नयाँ विशेषता हुनेछन् भन्नेमा सबैको चासो छ । एप्पलले आइफोनको नयाँ संस्करण आइफोन सिक्स एस चाँडैनै ल्याउँदैछ । आउँदो महिना अर्थात सेप्टेम्बरको सुरुमा बजारमा ल्याउने तयारी भैरहेको आइफोन सिक्स एसका विशेषता बाहिर आउन थालेका छन् ।
 
आइफोन सिक्स एसको एक विशेषता हो ‘फोर्स टच’ । फोर्स टचको सहायताले कुनै पनि एपको सटकट आइकन आइफोनको स्क्रिनम ल्यान सजिलो हुने जनाइएको छ । यस्तै फोर्स टसले कुनै पनि एप चलाउन थप सजिलो हुनेछ । उदाहारणका लागि एप्पल म्याप चलाउँदा आफू जान चाहेको गन्तव्य स्थानमा फोर्स टस गरेमा आफसेआफ जानुपर्ने स्थानका बारेमा निदेर्शन दिन्छ । 
 
अहिले भएको आइफोनमा भने यसका लागि बारम्बार आफैले खोज्नु पर्छ । एप्पल म्यापमा जस्तै अरु एपहरुमा पनि फोर्स टच गरेपछि त्यो एपलाई चलाउनका लागि सजिलो हुने जनाइएको छ । यो विशेषताले नयाँ आइफोनमा आइओवएस ९ सँग मिलेर काम गर्नेछ ।
 
एप्पलको नयाँ आइफोन आइफोन सिक्स एस पुनर्संरचना गरिएको एप्पल टिभीसँगै आउँदो सेप्टेम्बरको सुरुवातामा सार्वजनिक हुने अपेक्षा गरिएको छ । 
 
आइफोन सिक्स एस अहिलेको भन्दा बलियो संरचनामा आउने जनाइएको छ । यसमा आल्मुनियमको बलियो बाहिरी संरचना हुनेछ । यस्तै ए नाइन प्रोसेशर, दुई जिबीको र्‍याम, थप सुधारिएको ब्याट्री क्षमता, १२ मेगापिक्सेलको क्यामेरा तथा फोर के अथार्त चार हजार पिक्सेलको भिडियो रेकर्ड गर्न मिल्ने सुविधा हुने जनाइएको छ ।
 
– एजेन्सीको सहयोगमा