मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठूला दल धर्म निरपेक्षताको विकल्पमा

ठूला दल धर्म निरपेक्षताको विकल्पमा


काठमाडौं । प्रमुख दलहरुबीच धर्म निरपेक्षता संविधानमा राख्ने कि नराख्ने बारे सहमति हुन बाँकी रहेका बेला चारमध्ये तीन दल धर्म निरपेक्ष हटाउने पक्षमा देखिएका छन् ।
 
नेपाली कांग्रेस र नेकपा एमालेले धार्मिक स्वतन्त्रता भन्ने शव्द राख्नुपर्ने धारणा यसअघि व्यक्त गरिसकेका छन् । एमाओवादीले धर्म निरपेक्षता हटाउने भनिसकेको छैन तर अध्यक्ष प्रचण्डले उपयुक्त शव्द राख्न सकिने बताइसकेका छन् ।
 
चार दलमध्येको चौथो दल फोरम लोकतान्त्रिकले औपचारिक रुपमै धर्म निरपेक्षता शव्द हटाउनुपर्ने प्रष्ट पारेको छ ।
 
फोरम लोकतान्त्रिकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति समक्ष बुझाएको लिखित असहमतिमा धर्म निरपेक्षताको साटो धार्मिक स्वतन्त्रता शव्द प्रस्ताव गरिएको छ ।
 
फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले हस्ताक्षर गरेको फरक मतमा भनिएको छ(नेपाली जनताबाट व्यक्त आम मनोभावनालाई कदर गर्दै संविधानमा ‘सर्वधर्म समभाव युक्त धार्मिक स्वतन्त्रता’ शव्द राखियोस् ।
 
कांग्रेस, एमाले र एमाओवादीले लिखित रुपमा धर्म निरपेक्षताको साटो अर्को शव्द ल्याइसकेका छैनन् । यद्यपी धर्म निरपेक्षता र हिन्दूराज्यको बीचबाट सबैलाई मान्य हुने शव्दको खोजी भइरहेको स्रोतले जनाएको छ ।