मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रिपरकोे ठक्करबाट एकजनाको मृत्यु

ट्रिपरकोे ठक्करबाट एकजनाको मृत्यु


चितवन । भरतपुर–१० चौबीसकोठीनजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
 
चौबीसकोठीबाट नारायणगढ आउँदै गरेको ना ४ ख १८३६ नम्बरको ट्रिपरले सोही दिशाबाट आउँदै गरेको ना २८ प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । 
 
दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने धनकुटा जिल्ला मुगा गाविस स्थायी घर भई हाल भउमनपा–२ गौरीगञ्ज बस्ने वर्ष ३० की सुजाता राईको उपचारको क्रममा निधन भएको छ ।
 
सोही दुर्घटनामा मोटरसाइकल चालक वर्ष ३२ का हेमन्त राईलाई गम्भीर चोट लागेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।