मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सरकार सबैको माग पुरा गरिदेउ

सरकार सबैको माग पुरा गरिदेउ


     " सरकार सबैको माग पुरा गरिदेउ "        
                                                                       – कृष्ण रिमाल 
 
पहिला त से कि राउत लाइ मधेश अलगै रास्ट्र देउ,
अनि उपेन्द्र यादव, राजेन्द्र महातोहरुलाई अलग्गै मधेश प्रदेश पनि देउ, 
अनि अखण्ड सुदुर पश्चिम प्रदेश पनि देउ सुदुर्पश्चिमेलिहरुलाई, 
राजधानी उपत्यकालाई नेवा प्रदेश  बनाइ देउ,
 
त्यसको आसपासलाई तामसालिङ्ग प्रदेश  पनि बनाइदेउ,
अलि उता मगरात देउ अनि फेरी तमुवान पनि देउ, 
फेरी थारुवान देउ, गण्डक प्रदेश पनि देउ, 
पुर्बलाई नछुटाउ फेरी, 
लिम्बुवान, खुम्बुवान, किरात सबै प्रदेश देउ, 
 
मिथिला, भोजपुरा छुट्ला नि ति प्रदेश पनि देउ, 
उत्तर तिर अर्कै माग छ, 
शेर्पा प्रदेश पनि देउ, 
कसैलाई जिल्ला टुक्राएर प्रदेश देउ, 
कसैलाई नटुक्राइ देउ, 
 
फेरी, 
कसैलाई चाइएको छ अखण्ड नेपाल, 
त्यो पनि देउ, 
निरपेक्ष माग्ने लाइ धार्मिक निरपेक्ष देउ, 
सापेक्ष माग्ने लाइ धार्मिक सापेक्ष देउ, 
 
कसैलाई चाहिएको छ राजतन्त्र, 
त्यो पनि देउ,
कसैलाई गणतन्त्र नै ठिक छ, 
त्यो पनि देउ, 
कोहि बखेडा मात्र झिकेर घुर्क्याउछन, 
तिनीहरुलाई ललि पप देउ, 
 
तर,
 मलाइ मेरो देश नेपाल चाहिएको छ,
बिकसित, समुन्नत, शान्त नेपाल, 
ऋषि मनहरुले शाशित नेपाल, 
बैरभाब, घृणा, द्वेष रहित नेपाल, 
 
पुर्खाहरुले शत्रुहरुलाई पराजित गरि, 
पराधिनताको कलङ्कबाट बचाई, 
संसारभर बिरताको पगरी गुथेर, 
जोगाइदिएको मेरो प्यारो नेपाल,
 
त्यसैले सरकार, 
आज मेरो  माग पनि पुरा गरिदेउ, 
सक्छौ सबैको माग पुरा गरिदेउ, 
सम्भब शायद छैन होला …..
 
त्यसैले यहाँ,  
फेरी अर्को बुद्ध जन्माउ,
शान्तिको लहर फिजाउ,
हिमाल, पहाड, तराई बीच,
 बढ्दै गएको दुरी कम गर्न, 
 
जातिय सदभाब कायाम राख्न,
धार्मिक सहिष्णुता दिगो राख्न, 
जादुको एक छडी चलाउ …