मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एन्ड्रोइड फोनमा हरेक महिना सेक्युरिटी अपडेट

एन्ड्रोइड फोनमा हरेक महिना सेक्युरिटी अपडेट


सामसुङ, एलजी तथा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमवाला स्मार्टफोनमा अबदेखि हरेक महिना सेक्युरिटी अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
गत जुलाइमा एन्ड्रोइड सफ्टवेयरमा निकै भयानक बग फेला परेको थियो जसका कारण करोडौँ स्मार्टफोन प्रयोगकर्ताको डाटामाथि ह्याकरको पहुँच पुग्ने खतरा उत्पन्न भएको छ ।
 
विभिन्न प्रकारका एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा रहेको हुनाले स्मार्टफोन प्रयोगकर्ताहरु यस्तो समस्या समाधानका लागि तत्कालै खरो रुपमा उत्रिन सकेका छैनन् ।
 
हालै फेला परेको स्टेजफ्राइट नामक बगको समस्या समाधान गर्नका लागि एन्ड्रोइडले काम गरिरहेको बताइएको छ । यो बगको माध्यमबाट ह्याकरले प्रयोगकर्तालाई सामान्य रुपमा एउटा भिडियो सन्देस पठाएर फोनका डाटामा पहुँच पूराउन सक्छ ।
ब्लाक ह्याट नामक ह्याकिङ सम्मेलनमा बोल्दै एन्ड्रोइडका प्रमुख सुरक्षा इन्जिनियर एड्रियन लडविगले एन्ड्रोइडले ल्याउन थालेको पछिल्लो सफ्टवेयर अपडेट विश्वकै अहिलेसम्मकै वृहत सफ्टवेयर अपडेट रहेको बताएका छन् ।
 
सम्मेलनका क्रममा एलजी, सामसुङ तथा गुगलले आफ्ना फोनहरुमा हरेक महिना सेक्युरिटी अपडेट उपलब्ध गराउने बाचा गरेका छन् ।
 
एन्ड्रोइड यस्तो ओपन सोर्स अपरेटिङ सिस्टम हो जसलाई फोन निर्माताहरुले सित्तैमा आफ्नो अनुरुपमा ढालेर प्रयोग गर्नसक्छन् ।
 
एन्ड्रोइडले नियमित रुपमा यसको सेक्युरिटी अपडेट उपलब्ध गराउने भएपनि फोन निर्माताहरुले आफ्ना फोनका प्रयोगकर्तामा त्यस्तो अपडेट नियमित रुपमा उपलब्ध गराउने गर्दैनन् । अझ पूरानो भर्सनको एन्ड्रोइड चलेका फोनहरु त अपडेट नै भएका हुँदैनन् ।
 कतिपय कम्पनीहरुले एन्ड्रोइडको परिवर्तित भर्सन प्रयोग गर्ने तथा एन्ड्रोइडमा आफ्ना सफ्टवेयर पनि थप्ने भएकाले त्यसमा सेक्युरिटी फिक्स गर्न अझै कठीन हुन्छ ।
 
एप्पल र ब्लाकबेरीले भने आफ्ना डिभाइसको सफ्टवेयर तथा हार्डवेयर आफै उत्पादन गर्ने भएकाले सेक्युरिटी समस्या छिटै समाधान हुन्छ । यिनीहरुले नियमित रुपमा आफ्ना प्रयोगकर्तालाई सुरक्षा अपडेट पठाइरहेका हुन्छन् ।