मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जुम्लामा कर्णालीलाई सुदूरपश्चिममा मिसाएको विरोध

जुम्लामा कर्णालीलाई सुदूरपश्चिममा मिसाएको विरोध


जुम्ला । कर्णालीलाई सुदरपश्चिममा मिसाएको विरोधमा जुम्लामा अन्दोलन सुरु भएको छ । 
कर्णालीलाई विशेष अधिकारसहितको अखण्ड कर्णाली राज्य घोषणा गर्नुपर्ने माग गर्दै स्थानीय नेता, नागरिक समाजका अगुवा तथा युवाहरूले प्रदर्शन गरिरहेका छन् । 
प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले सेनालाई बजार क्षेत्रमा खटाएको प्रदर्शनकारीको दाबी छ । सेनाले अहिले बजार परिक्रमा गरिरहेको छ ।
 
अन्दोलनकर्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोड्फोड गर्नुका साथै प्रहरीको गाडीमा समेत आगजनी गरेका छन् । प्रर्दशनको क्रममा केही नेता घाइतेसमेत भएका छन् ।
 
स्थिति गम्भीर हुँदै गएपछि अहिले जिल्लाको सुरक्षा समितिको बैठक बसिरहेको छ ।