मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पूर्वी चीनमा आएको तूफानका कारण १२ को मृत्यु, पाँच बेपत्ता

पूर्वी चीनमा आएको तूफानका कारण १२ को मृत्यु, पाँच बेपत्ता


वेन्झाओ (चीन) । चीनमा शनिबार आएको सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ ।
 
तूफानमा परी अहिलसेम्म बेन्जाओ सहरमा पाँच जना हराएको समाचार छ । झेझियाङमा आँधीका कारण यसै वर्षभित्र मात्रै नागरिक विस्थापित हुनु परेका यो १३औं पटक हो ।
 
चिनियाँ सुरक्षा अधिकारीका अनुसार मृत्यु भएका धेरैजसो मानिस बाढीले बगाएको र केही नागरिक आँधीपछि भत्किएका घरहरूको भग्नावशेषमा परेको हुनसक्ने सम्भावना छ ।
 
आँधीका कारण १३ लाख ६० हजार मानिस विस्थापित भएका छन् भने करिब ३ अर्ब ८३ करोड चिनियाँ युआन (झन्डै ६१ करोड ७० लाख अमेरिकी डलर) को क्षति भएको स्थानीय सरकारीद्वारा सञ्चारमाध्यमलाई जनाइएको छ ।
 
चीन सरकारले तूफानको खतरा भएका क्षेत्रका करिब १० हजार मानिसलाई आँधी आउनु पूर्व नै सुरक्षित स्थानतर्फ लगिसकेको थियो ।
 
चीन सरकारले सम्भावित आँधीको खतरा देखाउँदै आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहिरहन एक हप्ता अघि देखिनै सजग गराइरहेको थियो ।
 
माछा मार्न समुद्री इलाकामा गएका माझीहरूलाई पनि शुक्रबार बिहानसम्म बेन्झाओ सहर नजिकको बन्दरगाह फर्किन सचेत गरेको थियो । रासस/सिन्ह्वा