मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जटिबुटीकै भरमा उपचार गर्छन् बारपाकका जनता

जटिबुटीकै भरमा उपचार गर्छन् बारपाकका जनता


गोरखा । बारपाक गाविस-६ की साढे तीन वर्षीय मेरिस्का घले जन्डिसले थलिएको २० दिन भयो । 
 
उनको आँखा, नङ र शरीर पनि पहेलो भइरहेको छ । ‘समयमै औषधि नपाउँदा उनी लामो सयदेखि थलिनुपरेको हो,’ स्थानीय तेजबहादुर घले भन्छन्, ‘समयमै उपचार नपाउँदा उनले शरीर गल्दै गएको छ ।’ 
 
औषधिको नाममा उनको आमा सीताकुमारीले जंगलबाट खोजेर ल्याएको चुत्रोको जरा, कुड्कीको बोक्रामात्र खुवाइएको उनले बताए ।
 
बारपाकमा जन्डिस फैलिएर एक महिना भइसकेको छ । अहिलेसम्म यहाँका करिब एक सय ५० जना बालबालिकामा जन्डिस भएको उनको भनाइ छ ।
 
पर्याप्त औषधि नहुँदा स्थानीयले रागार सामुदायिक बनबाट जडिबुटी ल्याएर खुवाउने गरेको खबर अन्नपूर्ण पोस्टमा छ ।