मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टेक्सासको ड्यालसमा राजनैतिक र सामाजिक अबस्था बारे छलफल

टेक्सासको ड्यालसमा राजनैतिक र सामाजिक अबस्था बारे छलफल


हिमालय खबर, टेक्सास I गरिब घर परिवार सहयोग समन्वय  बोर्डका कार्यकारी उपाध्यक्ष  चिन्तन पौडेलले स्थानीय निकायको निर्वाचन नभएकोले स्थानीय स्तरमा काम गर्ने कार्यकर्ता बिच पार्टी भित्र पदका  लागि हानथाप हुने गरेको बताउनु भएको छ I

टेक्सासको ड्यालसमा यसै साता नेपाली समुदायसंगको भेटघाट तथा छलफल कार्यक्रममा पौडेलले बेलायत लगायत विकसित देशमा राजनीतिमा कमै मात्र सहभागिता हुने गरेको उदारण दिदै नेपालमा गरिबीका कारण पनि केही पाइन्छ भन्ने आशामा राजनीतिमा क्रियाशील हुने आफ़्नो अनुभव सुनाउनुभयो I

Advertisement
ADVERTISEMENT

 प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डमा कार्यकारी उपाध्यक्ष पौडेलको सक्रियतामा गरिबको रेखामुनि रहेका घरपरिवारको तथांक सङ्कलन गर्ने कार्य भइरहेको छ I बोर्डले हालसम्म २५ वटा जिल्लामा रहेका गरिब घरपरिवारको तथांक तयार गरेको छ I बाकी ५० जिल्लामा पनि यसै वर्ष देखि तथांक सङ्कलन थालिने पौडेलले बताए I गरिबको तथांक प्राप्त भएपछि सरकारले उनीहरूको जीवन स्तर उकास्न कस्ता कार्यक्रम लैजानुपर्छ भन्ने प्राथमिकता तोक्न सजिलो हुन्छ I २५ जिल्ला सर्वेक्षणमा जुन परिवारसँग खाना पकाउने ग्यास सिलिन्डर छ, त्यो परिवार ९९.८  प्रतिशत गरिबीको रेखाभन्दा माथि रहेको छ I यस्तै बिए पास गर्ने व्यक्तिका परिवार पनि गरिब छैनन् I सडक सुविधाबाट गरिबी घटाउन शिक्षा,सडक, सञ्चार जस्ता पूर्वाधार नै चाहिने रहेको उहाँले भन्नुभयो I

राजनीतिक परिवार पृष्टभूमिका पौडेल इन्जीनिएर हुन् I केही वर्ष बेलायतको  प्रतिष्ठीत  कम्पनी ब्रिटिस टेली कम्युनिकेसन(बिटी) मा काम गरेका पौडेल नेपालमै सक्रिय हुने गरी फर्किएका हुन् I कार्यक्रममा पौडेलले नेपालमा केही गर्न सहभागीलाई सुझाव दिएका थिए I

सहभागीहरुले तपाईँ नेताको छोरा (राम चन्द्र पौडेलका छोरा ) भएकोले काममा लाग्न सहयोग भएको जनाउदै यस्तो अवसर पाउन समस्या रहेको गुनासो गरेका थिए I

नेपाली काँग्रेसको छिट्टै हुने भनिएको महाधिवेशन मार्फत राजनीतिमा प्रवेश गर्ने आफ्नो चाहना नरहेको पौडेलले हिमालय खबर लाई बताए I

सरकारले मलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ पौडेलले भने यो एउटा सामाजिक काम पनि हो यो पुरा गरेपछि मात्र म राजनीतिमा सहभागिता बारे सोच्ने छु I

कार्यक्रममा शैलेश आचार्य र मधु ढुवादीले मिठा कविता वाचन गर्नु भएको थियो I   

 नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवम् वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारीको सभापतित्वमा रहेको उक्त कार्यक्रममा नेपाली समाज टेक्सास सदस्य कृष्ण लामिछाने, केदार तिमिल्सिना, एनआरएन अमेरिकाका सल्लाहकार सुनिल शाह, नेपाली जन सम्पर्क समिति अमेरिका  केन्द्रीय सदस्य ओम भट्टराई, ड्यालस  एभरेष्ट लायन्स क्लबका अध्यक्ष केशव लामिछाने, एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, समाजसेबी सुन्दर कर्माचार्य, नेपाल अमेरिका पत्रकार सङ्घका (नेजा) क्षेत्रीय संयोजक विकासराज न्यौपाने लगायत  ड्यालस फोर्टवोर्थमा रहेका  विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरू समेतको  उपस्थिति थियो ।  

पौडेल निजी भ्रमणमा अमेरिका हुनुहुन्छ I

शेयर गर्नुहोस:

0
Shares