मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सैनिक विमान दुर्घटनामा सत्रको मृत्यु

सैनिक विमान दुर्घटनामा सत्रको मृत्यु


कलात (अफगानिस्तान) । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा बिहीबार भएको एक सैनिक विमान दुर्घटनामा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । अफगानिस्तानको राजधानी काबुलबाट ३४० किलोमिटर दक्षिणमा पर्ने जाबुल प्रान्तको कलातमा सो दुर्घटना भएको जर्नेल अब्दुल रजेक सिर्जाईले बताउनुभएको छ । 
 
स्थानीय समयानुसार बिहीबार ९ः३० बजे सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ । सो विमानमा १२ जना सैनिक र पाँचजना चालक दलका सदस्य रहेको बताइएको छ ।
विमान दुर्घटनाका कारण अनुसन्धानरत रहेको जनाइएको छ । रासस/सिन्ह्वा