मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार


वीरगन्ज । पर्साको भेडियारीमा १२ वर्षीया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका छन् । छिमेकी गाँउकै तीनजना युवकले शुक्रबारराति बालिकालार्इ अपहरण गरेर धानको खेतमा लगेर बलात्कार गरेका हुन् । पोखरीया नगरपालिका वडा नम्बर ४ सतवरीया टोलका ३० वर्षिय भुपेन्द्र साह कानु, २५ वर्षीय गोविन्दप्रसाद चौहान र २३ वर्षका रामकलश साह कानुले भेडियारी गाविस वडा नम्बर ४ की बालिकालार्इ सामूहिक बलात्कार गरेका हुन् ।
 
शुक्रबार मध्यराति पिसाब फेर्न घरबाट बाहिर निस्किएकी बालिकालार्इ तीन जना युवकले बालिकालार्इ अपरहरण गरेर मोटरसाइकलमा राखी गाउँभन्दा चार किलोमिटर उत्तरतर्फको धानको खेतमा लगेर पालैपालो जबरजस्ती करणी गरेका हुन् ।सतवरीया टोल नजिकै धान रोपिएको खेतको आलीमा युवकहरुले बालिकालार्इ बलात्कार गरेको प्रहरीले जनाएको छ । 
 
कसैलाइ भनिस् भने ज्यान मारिदिन्छु भन्दै तीनै जना युवकले खेतको आलीमा पालैपालो जबरजस्ती करणी गरेको पीडित बालिकाको भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ । तीनैजनाले पालैपालो बलात्कार गरेपछि पिडित बालिकालार्इ युवकहरुले आफनो मोबाइलबाट बालिकाको घरमा फोन गर्न लगाएका थिए ।
 
बालिकाकाले फोनमा आफना दाजुलार्इ घटनाबारे बताएलगत्तै गाँउबाट पीडित बालिकाका अभिभावक र गाँउलेहरु होहल्ला गर्दै घटनास्थलमा पुग्दा बालिका अचेत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा गाँउलेहरु पुगेलगत्तै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरीको टोली पनि पुगेको थियो । 
 
प्रहरी र गाँउलेहरु आएको देखेपछि घटनास्थलबाट भाग्दै गरेका तीनैजना युवकहरुलार्इ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक निशान थापाले बताए । उनिहरुलार्इ इलाका प्रहरी कार्यालय पोखरीयाकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रनि थापाले जानकारी दिए । 
 
स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले पनि बालिकासंग जबरजस्ति करणी भएको बताए पनि स्वास्थ्य परीक्षणको लिखित रिपोर्ट भने आउँन बाँकी रहेको प्रनि थापाले बताए । पीडित बालिकाको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। 
 
प्रनि थापाका अनुसार पीडित बालिकाका अभिभावकले शनिवार साँझ तीनै जना युवकविरुद्ध इलाका प्रहरी कार्यालय पोखरीयामा लिखित जाहेरी दिएका छन् । प्रहरी हिरासतमा रहेका युवकहरुविरुद्ध अपरहण शरीर बन्धक र जबरजस्ती करणी मुद्धा चलाउने तयारी भइरहेको प्रनि थापाले बताए ।